नगरस्तरीय वक्तृत्वकलामा धुलाबारी माविकी दिब्या भइन् प्रथम

2024-06-27 मा प्रकाशित

इटाभट्टा । मेचीनगरस्तरीय अन्तर मावि वक्तृता प्रतियोगिताको उपाधि धुलाबारी माविकी दिब्या रायले जितेकी छिन् ।

बिहीबार मेचीनगर–८, स्थित आदर्श मावि परिसरमा सम्पन्न प्रतियोगितामा ओसेनिक निर्माण अंग्रेजी मावि बाहुण्डागीका रिदम दुलाल दोस्रो भए । मेचीनगर १३ स्थित सरस्वती बाल कल्याण माविकी प्रोशिमा घिमिरेले तेस्रो स्थान हासिल गरिन् ।

पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद १० हजार १२५, ७ हजार १२५ र ५ हजार २५० रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । विजेतालाई शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, वडाध्यक्ष गिरीराज धमलालगायतका अतिथिहरुले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

नगरस्तरीय दलित समन्वय समिति मेचीनगरले आयोजना गरेको प्रतियोगितामा ३ दिन छनौट चरणमार्फत ३४ विद्यालयका ६५ सहभागी मध्ये उत्कृष्ट १२ जना फाइनल प्रवेश गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले नगरले विद्यार्थीको पहिचान गर्ने कार्यक्रममा लगानी गरेको बताए । उनले हरेक विद्यार्थीमा चेतनाको स्तर वृद्धि हुँदै समाजरुपान्तरण र विकासमा मद्धत पुग्ने विश्वास ब्यक्त गरे ।

नगरप्रमुख बुढाथोकीले बोल्ने कलाको विकाससँगै भविष्यमा हरेका क्षेत्रमा नेतृत्व गर्ने गरिको जनशक्ति निर्माण गर्न यस किसिमका कार्यक्रमले मद्धत गर्ने आफूले विश्वास लिएको बताए ।

सोअवसरमा शिक्षा शाखा प्रमुख भण्डारी, वडाध्यक्ष धमला, आदर्श माविका प्रअ कृष्ण पुरी, प्याब्सन मेचीनगर अध्यक्ष डम्बर रुचाललगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा नगर उपप्रमुख मिना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, कार्यपालिका सदस्य, जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, संघ संस्था, पत्रकार, विभिन्न विद्यालयका प्रअ तथा शिक्षकहरु सहभागी थिए ।

च्ष्तब(उबचष्थब(ज्ञठज्ञढद्धढघद्दढद्द।वउन

मेचीनगर नगरपालिकाको आर्थिक सहयोग रहेको प्रतियोगिताको निर्णायकमा प्रध्यापक प्रेमसागर घिमिरे, पूर्व शिक्षक राजकुमार विश्वकर्मा र सञ्चारकर्मी शुष्मा राजवंशी रहेका थिए ।

आयोजक समिति अध्यक्ष रिता परियारको सभापतित्वमा सम्पन्न फाइनल प्रतियोगितामा स्वागत समिति उपाध्यक्ष लक्ष्मी परियार र सञ्चालन शिक्षक जीआर धितालले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु