रोटरी साथै रोट्र्याक्ट क्लव अफ सुरुङ्गाको पदस्थापन कार्यक्रम सम्पन्न

2024-07-09 मा प्रकाशित

राम निरौला,

कनकाई । रोटरी क्लब अफ सुरुङ्गाको छैटौं साथै रोट्र्याक्ट क्लव अफ सुरुङ्गाको चौथो पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

वर्ष२०२३÷२४ का अध्यक्ष शिवकुमार कडेलको गलाको चेन(कलर) वर्ष २०२४÷२५ का अध्यक्ष लुवराज उप्रेतीको गलामा लगाइदिएर पदस्थापन गरिएको हो ।

रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ वर्ष २०२४÷२५ का एसिस्टेन्ट गभर्नर एवं रोटरी क्लव अफ सुरुङ्गाका पुर्व अध्यक्ष कुमारमणि पोखरेल, क्लवका संस्थापक अध्यक्ष एल.पी.उप्रेती, पुर्व अध्यक्षहरु टिकाप्रसाद कट्टेल, शुसिलकुमार श्रेष्ठ, खेमप्रसाद प्रसाईँ सहितको उपस्थितीमा कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पुर्व डिस्ट्रीक गभर्नर रोटरीयन सन्तोष रिजालले अध्यक्ष उप्रेतीको गलामा कलर लगाइदिएका हुन् ।

त्यस्तै विशिष्ट अतिथीका रुपमा रहेका एसिस्टेन्ट डिस्ट्रीक गभर्नर विनोद बस्नेतबाट रोटरीको ग्याबल हस्तान्तरण गरिएको थियो भने रोटरी क्लव अफ सुरुङ्गाका संस्थापक अध्यक्ष एल.पी. उप्रेतीले अध्यक्ष लुवराज उप्रेतीलाई चार्टर सटिपिकेट प्रदान गरे ।

त्यस्तै रोट्र्याक्ट क्लव अफ सुरुङ्गाका अध्यक्ष सारिका गिरीको गलामा भएको चेन (कलर) वर्ष २०२४÷२५ का अध्यक्ष प्रतापबाबु जमरकट्टेलको गलामा लगाएसँगै नयाँ नेतृत्वले पदभार ग्रहण गरेको हो । कार्यक्रमका विशिष्ट अतिथी समेत रहेका जोनल रोट्रयाक्टर पानस अधिकारीले अध्यक्ष प्रतापबाबु जमरकट्टेलको गलामा चेन (कलर) लगाइदिएका हुन् भने वर्ष २०२३ ÷२४ की अध्यक्ष सारिका गिरीबाट ग्याबल हस्तान्तरण गरिएको हो । अध्यक्ष कट्टेललाई रोट्रयाक्ट क्लव अफ सुरुङ्गाका संस्थापक अध्यक्ष डा.मनिष उप्रेतीले चार्टर सटिपिकेट प्रदान गरे ।

कार्यक्रममा रोटरी अध्यक्ष उप्रेतीलाई एसिस्टेन्ट डिस्ट्रीक गभर्नर विनोद बस्नेतले सपथ खुवाएका थिए भने रोट्र्याक्ट अध्यक्ष कट्टेललाई जोनल रोट्रयाक्टर पानस अधिकारीले सपथ खुवाएका थिए । सपथ ग्रहणसँगै दुवैजना अध्यक्षले आ–आफ्नो बोर्डलाई पूर्णता दिएका थिए ।

जसअनुसार रोटरी वर्ष २०२४÷२५ का लागि निवर्तमान अध्यक्षका रुपमा शिवकुमार कडेल, प्रेसिडेन्ट इलेक्टमा डिल्लीराम मैनाली, प्रेसिडेन्ट नोमिनी अर्जुन बोहोरा रहेका छन् । त्यस्तै प्रथम उपाध्यक्ष अखिलकुमार कोइराला, द्वितीय उपाध्यक्ष सरला दहाल पोखरेल र तृतीय उपाध्यक्षमा शिवकुमार गिरी रहेका छन् । क्लवको सचिवमा सोमनाथ उप्रेती, कोषाध्यक्षमा यदुका उप्रेती(उषा), सर्जन एट आर्मसमा मेनुका उप्रेती शिवाकोटी रहेका छन् ।

त्यस्तै क्लवको सर्भिस प्रोजेक्ट चेयरमा रामप्रसाद निरौला, पब्लीक इमेज चेयरमा कमलप्रसाद कट्टेल, मेम्बरसिप चेयरमा मिनाल तिम्सिना, एडमिनिस्ट्रेटिभ चेयरमा रेनुका मैनाली, युथ सर्भिस चेयरमा बमबहादुर कुँवर(दिपक), रोटरी फाउण्डेशन चेयरमा खेमप्रसाद प्रसाईँ, इनभारोमेन्ट(वातावरण) चेयरमा ख्यामप्रसाद ओली र क्लव मेन्टरको जिम्मेवारीमा एल.पी. उप्रेती रहेको बताइएको छ । क्लवको बोर्ड कमिटीका सम्पूर्ण पदाधिकारीहरुलाई अध्यक्ष उप्रेतीले सपथ खुवाएको पत्रकार एवं रोटरीयन रामप्रसाद निरौलाले जानकारी दिए ।

रोटरीयन निरौलाले दिएको जानकारी अनुसार रोट्र्याक्ट वर्ष २०२४÷२५ को अध्यक्षमा कट्टेलसँगै निवर्तमान अध्यक्षमा सारिका गिरी र क्लवको मेन्टरमा डा.मनिष उप्रेती रहेका छन् । सचिवमा कोमल न्यौपाने, प्रेसिडेन्ट इलेक्टमा दिवाकर तिवारी, प्रथम उपाध्यक्षमा डा.मुकेश शाह, द्वितीय उपाध्यक्षमा शारदाकुमारी कारक र कोषाध्यक्षमा प्रतिक्षा ढुङ्गेल रहेका छन् ।

त्यस्तै जोइन्ट सेक्रेटरीमा कृष्टि खतिवडा, जोइन्ट ट्रेजरर शितल पोखरेल, क्लव एडमिन चेयरमा कृतिका पाण्डे, प्रोफेशनल डेब्लोप्मेन्ट चेयरमा रिशवसिंह चाहार रहेका छन् । त्यस्तै कम्युनिटी सर्भिस चेयरमा हेमा बास्कोटा, इन्टरनेशनल डेब्लोप्मेन्ट चेयरमा दिक्षा राई, द रोटरी फाउण्डेशन चेयरमा सबिन खरेल, विशेष एरिया प्रोजेक्ट चेयरमा कृष्ण पुरी, मेम्बरसिप डेब्लोप्मेन्ट चेयरमा किरण गिरी, पब्लिक इमेज चेयरमा सोहन उप्रेती, रोट्रयाक्टर युथ लिडरमा दिपेन ओली, लर्निङ फेसिलिटरको जिम्मेवारीमा रोशन शाह, क्लवको आइटी अफिसरमा जेनिश चम्लागाईँ र सर्जन एट आर्मसमा गंगा दहाल रहेको बताइएको छ । क्लवको बोर्ड कमिटीका सम्पूर्ण पदाधिकारीहरुलाई अध्यक्ष कट्टेलले सपथ खुवाएका थिए ।

रोटरी क्लव अफ सुरुङ्गा वर्ष २०२४÷२५ का अध्यक्ष लुवराज उप्रेतीको अध्यक्षता एवं पुर्व डिष्ट्रिक गभर्नर सन्तोष रिजालको प्रमुख आतिथ्य रहेको पदस्थापन विशेष कार्यक्रमका अवसरमा विभिन्न क्षेत्रबाट क्लवलाई सहयोग गर्ने व्यक्तित्वहरुलाई कदर पत्र सहित सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरुमा रिजन ७ वर्ष २०२३÷२४ का एसिस्टेन्ट गभर्नर सन्दिप दिपु चापागाईँ, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा समेत आफ्नो पहिचान बनाइसकेका चित्रकार एवं मुर्तिकार पवन राजवंशी र हिम्मत नेम्माङ रहेका छन् । रोटरी क्लव अफ सुरुङ्गाको हरेक गतिविधि सहित क्लवले आयोजना गरेको कनकाई कला, संस्कृति तथा साहित्य महोत्सव सफलताका लागि खेलेको भूमिकाको उच्च मुल्याङकन गर्दै कार्यक्रमका प्रमुख अतिथी एवं विशिष्ट अतिथीहरुबाट सम्मानित व्यक्तित्वहरुलाई कदर पत्र सहित सम्मान गरिएको हो ।

कार्यक्रममा रोटरी क्लव अफ सुरुङ्गा वर्ष २०२३÷२४ का अध्यक्ष शिवकुमार कडेलले आफ्नो कार्यकालको अन्तिम मन्तव्य राख्दै क्लवका संस्थापक अध्यक्ष, पुर्व अध्यक्षहरु सहित बोर्डका पदाधिकारीहरुको साथ र सहयोगमा आफ्नो नेतृत्वको कार्यकाल आफैंमा सुखद एवं ऐतिहासिक भएको बताए । समाज रुपान्तरणका लागि मात्र नभई सभ्य समाज निर्माणका लागि रोटरी क्लवको भूमिका अग्र पंतिमा रहेको भन्दै निवर्तमान अध्यक्ष कडेलले स्वदेश तथा विदेशमा समेत रहेर क्लवलाई सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरुप्रति आभार प्रकट गरे । त्यस्तै रोट्रयाक्ट क्लव वर्ष २०२३÷२४ की अध्यक्ष सारिका गिरीले समेत आफ्नो कार्यकालमा भएका सम्पूर्ण गतिविधि सहितको अन्तिम मन्तव्य राख्दै सहयोगी मनहरु सबै–सबैप्रति धन्यवाद ज्ञापन गरेकी छन् ।

त्यस्तै रोटरी वर्ष २०२४÷२५ लाई थप उचाईमा पुर्याउँन नयाँ योजना सहित नेतृत्वमा आएका अध्यक्ष लुवराज उप्रेती साथै रोट्रयाक्ट अध्यक्ष प्रतापबाबु जमरकट्टेलले समेत आ–आफ्नो वार्षिक योजना सहितको स्विकारोक्ति मन्तव्य राखेका थिए ।

कार्यक्रममा झापामा रहेका सबै रोटरी र रोट्रयाक्ट क्लवका पदाधिकारीहरु सहित स्थानीय सरकारका प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहित माथिल्लो निकायका रोटरियनहरुको समेत उल्लेख्य उपस्थिती रहेको जनाइएको छ ।

क्लवका प्रेसिडेन्ट इलेक्ट डिल्लीराम मैनालीले स्वागत गरेको कार्यक्रममा एसिस्टेन्ट डिस्ट्रीक गभर्नर विनोद बस्नेत, जोनल रोट्रयाक्टर पानस अधिकारी लगायतले रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाले गरेको कार्यप्रति प्रशंसा गर्दै रोटरीको नयाँ बोर्ड कमिटीको कार्यकाल सफलताको कामना गरे ।

रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाका सचिवद्वय सोमनाथ उप्रेती र कमल न्यापानेले संयुक्त रुपमा कार्यक्रम संचालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु