खबरमञ्च साप्ताहिक नवौं वर्षमा

2024-07-18 मा प्रकाशित

इटाभट्टा । झापाको मेचीनगरबाट नियमित प्रकाशन हुँदै आएको खबरमञ्च साप्ताहिक स्थापनाको नवौं वर्षमा प्रवेश गरेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी पत्रिकाले नवौं वार्षिक उत्सव मनाएको हो ।

मेचीनगर ७ का वडाध्यक्ष प्रह्लादमणी ओलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि ओलीले नगरका कलम चलाउने पत्रकारहरुलाई समेट्न नसकिएको बताए ।

जनप्रतिनिधिले काम गरे नगरेको विषयमा निरन्तर खबरदारी गर्न र विकास निर्माणका गतिविधीलाई समेत सञ्चारको माध्यमबाट नगरवासीलाई सुसुचित गराउन आग्रह गरे ।

वार्षिक उत्सव समारोहमा अग्रज पत्रकार जीएन् शर्मा, प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बराल, संस्थापक अध्यक्ष सन्तोष आचार्य, पूर्व अध्यक्ष लक्ष्मी उप्रेतीलगायतले सुझाव तथा शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशकरसंपादक प्रकाश पौडेलले पत्रिकाको विगत र वर्तमानका विषयमा सहभागीलाई जानकारी गराएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु