मेचीनगरमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

2024-08-04 मा प्रकाशित

मेचीनगर । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तरर्गत मेचीनगरमा आइतबार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
मेचीनगरपालिकको आयोजना तथा करुणा फाउण्डेशनको सहकार्यमा आयोजित कार्यक्रममा मेचीनगर पालिका क्षेत्रमा रहेका फरक क्षमताका ब्यात्ती तथा नगरका १५ वटै वडाका अध्यक्ष तथा कार्यपालिका सदस्हरुको उपस्थिति रहेको थियो ।


मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीको सभापतित्व तथा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले पछिल्लो समय बालबालिका अटिजमको शिकार बन्दै गएकोले उनीहरुलाई मनोपरामर्श जरुरी रहेको बताए । एउटा परिवारमा कनै बालबालिका फरक क्षमता भएको तथा अटिजमको शिकार भएको खण्डमा त्यो परिवारको सारा खुशी खोसिन्छ, मेयर बुढाथोकीले भने, ‘ति शाहारा विनहरुको शाहरा हामी सपाङ्गाहरु बन्न सक्नु पर्दछ ।’ सो अवसरमा करुण फाउण्डेशनका नेपालका वरिष्ठ कार्यक्रम संयोजक कमल कोइरालाले कार्यक्रमको औचित्य प्रकाश पारेका थिए ।
कार्यक्रममा मेचीनगर ४ का वडाध्क्ष अर्जन कुमार कार्की, समाज सुधार युवा संघ अपाङ्गा सहयोगा समितिका धर्मराज घिमिरे, लगायतले बोलेका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अग्नी प्रसाद अधिकारी, नगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी लगायतको आतित्यता रहेको थियो । कार्यक्रमको सञ्चालन जयन्ती खरेलले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु