मेचीनगर । नाइट चेस क्लव र नेपाल बुद्धिचाल महासंघको संयुक्त आयोजनामा यही भदौ ७ गतेदेखि १० गतेसम्म छैठौं राष्ट्रिय एमेच्युर बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।
आयोजकले शनिबार काँकरभिट्टा स्थित होटल व्यवसायी संघ मेचीनगरको सभाहलमा पत्रकार सम्मेलनमा आयोजना गरेर कार्यक्रमको तयारीको बारेमा जानकारी दिएको हो ।
प्रतियोगिता सञ्चालन गर्न नेपाल बुद्धिचाल संघको सहयोगमा प्राबिधिक तथा आर्विटरको ब्यवस्थापन गर्ने, आयोजकले प्रतियोगितामा सहभागी १२० जना खेलाडीलाई खाने–बस्नको ब्यवस्थापन गर्ने समेत जनाइएको छ ।
प्रतियोगिता सम्पन्न गर्न १८ लाख २२ हजार खर्च लाग्ने अनुमान गरिएको छ । उक्त खर्च प्रदेश सरकार, मेची नगरपालिकाले सरकारी तहबाट सहयोग जुट्ने जनाएको छ भने पशुपति अंग्रेजी बोर्डिङ स्कुलले १ लाख सहयोग गरेको छ । त्यस्तै अन्य मेची युमा चेस एकेडेमी र नेपाल चेस फेडेरेसनलगायतका संघसंस्थाले आर्थिक सहयोग गर्ने आयोजकको भनाई छ ।
पत्रकार सम्मेलनमा क्लबका पूर्व अध्यक्ष बालाजित राई, शेरबहादुर वस्नेत(सुन्दर) लगायतले प्रतियोगिता भव्य र सफल रूपमा सम्पन्न गर्न सबैले सहयोग गर्न अनुरोध गरेका छन् ।
प्रतियोगिताको उद्घाटन मेचीनगर नगरपालिका मेयर गोपालचन्द्र बुढाथोकीले र समापन कोशी प्रदेश सभा सदस्य गोपाल तामाङले गर्ने क्लबले जनाएको छ ।
प्रतियोगितामा मुख्य प्रायोजकको रूपमा स्थानीय पशुपति बोडिङ स्कुल र संरक्षकमा मेचीनगर नगरपालिका रहने छन् ।
२०५४ सालमा स्थापना भएको नाइट चेस क्लबले स्थापनाकालदेखि नै झापा लगायतका जिल्लालाई चेस प्रतियोगिता तथा बुद्धिचालको क्षेत्रमा आयाम थप्दै आएको छ । त्यसैगरी लागुऔषध दुर्ब्यशनीविरुद्ध आवाज बुलन्द गर्दै एचआईभी संक्रमितलाई औषधि एबम् स्याहार गर्दै पहिचान बनाएको छ ।
मोफसलमै पहिलो पटक २०६३ र २०७५ सालमा झापाको काँकरभिट्टामा राष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगिता गर्दै छनोटमा परेका खेलाडीलाई २०७६ फागुनमा १५० जनालाई अन्तर्राष्ट्रिय रेटिङ बुद्धिचाल प्रतियोगिता आयोजना गरेको थियो ।
नाइट चेस क्लबका अध्यक्ष विश्वविजय घिमिरेको अध्यक्षता, स्वागत प्रथम उपाध्यक्ष राजु पौडेलले र सञ्चालन महासचिव राजेश राउतले गरेका थिए ।
प्रतिकृया दिनुहोस्