बाहुनडाँगीमा सार्वजनिक जेसीज धारा सञ्चालन

2024-08-20 मा प्रकाशित

बाहुनडाँगी । बाहुनडाँगी जेसीजले जेसीजले सार्वजनिक जेसीज धारा निमार्ण गरि उद्घाटन गरेको छ ।
मेचीनगर–४, बाहुनडाँगीमा स्वं टंकबहादुर देवकोटाको स्मृतिमा निर्माण भएको जेसीज धाराको सोमबार उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि मेचीनगर वडा नं ४ अध्यक्ष अर्जुनकुमार कार्की, विशिष्ट अतिथि नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष भिमबहादुर कुँवरलगायतले धाराको उद्घाटन गरेका थिए ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष कार्की, विशिष्ट अतिथि नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष कुवँर, साना किसान सहकारी संस्था बाहुनडाँगीका अध्यक्ष पोषककुमार दर्जी, नेकपा एमाले वडा कमिटी अध्यक्ष तिर्थ नेपाल, पूर्व अध्यक्ष बद्री निरौला, पत्रकार ज्ञानेन्द्र निरौलालगायतले बोलेका थिए ।
बाहुनडाँगी जेसीजको समन्वयमा सार्वजनिक उपयोगका लागि निमार्ण गरिएको धाराकालागि स्व. देवकोटाको स्मृतिमा श्रीमती नर्वदा देवकोटा, छोरा बुहारीहरु सुरज, अनिसा, खेम, कला देवकोटा तथा देवकोटा परिवारले धारा निर्माण गर्न आर्थिक सहयोग गरेको बाहुनडाँगी जेसीजका अध्यक्ष देवु बानियाँले जानकारी दिए । उद्घाटन कार्यक्रममा  देवकोटा परिवारका सदस्यहरु गंगा देवकोटा, बिमला देवकोटालगायतको आतिथ्यता रहेको थियो रहेको थियो ।

बाहुण्डाँगी जेसीज वर्ष २०२४ का अध्यक्ष देवु बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत बाहुण्डाँगी जेसीजका कार्यक्रम संयोजक सामुल राय, आस्था वाचन उपाध्यक्ष शुष्मा मिश्र तथा संचालन महासचिव कौशल उप्रेतीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु