नेशनल प्याब्सन मेचीनगरको कविता प्रतियोगिता सम्पन्न, माँ सरस्वतीकी कृतिका भइन् प्रथम

2024-08-25 मा प्रकाशित

मेचीनगर । नेशनल प्याब्सन मेचीनगरले नगर स्तरिय आधारभुत तह कविता प्रतियोगिता सम्पन्न गरेको छ ।
मेचीनगर १५ स्थित शुप्रभा इङ्गलिस विद्या सदनको हलमा शुक्रबार आयोजित प्रतियोगितामा नेशनल प्याब्सनमा आवद्ध मेचीनगरका १२ वटा विद्यालयले सहभागिता जनाएको थियो ।


प्रतियोगितामा मेचीनगर–९ स्थित् माँ सरस्वती एजुकेसन फाउन्डेसनकी कृतिका शिवाकोटी प्रथम भइन् । प्रतियोगिताको दोस्रो उपाधि मेचीनगर–१२ स्थित् दन्तकाली इङ्लिस बोर्डिङ स्कूलकी श्रुति घिमिरे र मेचीनगर–६ स्थित् शान्तिपथ बोर्डिङ् स्कूलकी जिज्ञासा दाहालले हात पारिन् । त्यसैगरी मेचीनगर–९ स्थित् आदर्श विद्या मन्दिर अं. मा. वि. कि दिप्सना पोख्रेल र मेचीनगर–६ स्थित् सुर्याेदय इङ्गलिस बोर्डिङ स्कुलका प्रतिक अधिकारी तेस्रो भएका थिए ।


नेशनल प्याब्सन मेचीनगरका अध्यक्ष कविन्द्र श्रेष्ठको सभापतित्व तथा मेचीनगर–१५ का वडा अध्यक्ष गुणराज भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा निजी विद्यालयहरुले विद्यार्थीको पढाइ सँगसँगै उनीहरुको क्षमता विकास र प्रतिभा प्रस्फुटन गराउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको भन्दै आयोजकलाई धन्यवाद दिए । उनले विद्यार्थीहरुले राम्राराम्रा कविता लेखेर उत्तिकै राम्रोसँगले वाचन पनि गरेको देखेर सबै सहभागी विद्यार्थीहरुको मुक्त कण्ठले प्रशंसा गरे ।


समितिका सचिव तथा शुप्रभा इङ्गलिस विद्या सदनका प्रिन्सिपल जीवन कट्टेलले सञ्चालन गरेको कार्यक्रममा श्री सिताराम सामुदायिक अंग्रेजी मा.वि.का संस्थापक सुनिता पोख्रेल रिजालले शुभकामना मन्तव्य राखेका थिए ।
नेशनल प्याब्सन मेचीनगरका कार्यसमिति सदस्य तथा भ्ऋब् संयोजक सूर्याेदय इङ्लिस स्कूलका प्रिन्सिपल शिव मैनालीले उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा नेशनल प्याब्सनका कोषाध्यक्ष दिपेन्द्र प्रधान, समितिका सदस्य गणेश काफ्ले र कञ्चन गौतम विभिन्न विद्यालयका प्रिन्सिपल तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागी सबैलाई सहभागीताको प्रमाणपत्र तथा बिजेताहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदानगरिएको समितिका अध्यक्ष कविन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु