मेचीनगर कर्मचारी एशोसिएसनद्वारा शुभकामना आदानप्रदान

2024-10-09 मा प्रकाशित

मेचीनगर । नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाई समिति मेचीनरको आयोजनामा मंगलबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

एशोसिएसनका इकाई अध्यक्ष जितेन्द्र बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिका नगर उपप्रमुख मीना पोखरेल उप्रेती रहेकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, प्रशासन, योजना, अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्ती, आर्थिक प्रशासन शाखा प्रमुख पदमबहादुर कार्की, एशोसिएशनका केन्द्रीय सदस्य सञ्जय ढुङ्गाना, एशोसिएसनका कोशी प्रदेश अध्यक्ष त्रिलोचन पौडेल , एशोसिएसन इकाई समितिका निवर्तमान अध्यक्ष रविन्सन थापालगायतले शुभकामना मन्तव्य राखेका थिए ।


कार्यक्रममा नगरपालिकाको विभिन्न शाखामा नियुक्ति तथा अन्य पालिकाबाट सरूवा भएर आएका कर्मचारीहरूलाई खादा अविर टीकाले सम्मान गर्दैन एशोसिएसनको व्याज वितरण समेत गरिएको थियो ।

कार्यक्रममा एशोसिएसनका संघीय, प्रदेशका प्रतिनिधि , नगरपालिकाका विभिन्न शाखाका प्रमुख, नगर प्रहरी प्रमुखलगायत अधिकाँश कर्मचारीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रम इकाई एशोसिएसनले आयोजना गरेको दशै विशेष भाग्य चिठ्ठा उपहारमा पहिलो पुरस्कार सरोज अधिकारी नगद २५००, दोस्रो उषा भट्टराई नगद १५०० र तेस्रो जयन्ती खरेल नगद १००० र सान्तवना स्वरूप विपिन सम्वाहाम्फेले नगद ५०० प्राप्त गरेका थिए ।
एशोसिएसनका इकाई उपाध्यक्ष भवानी सिटौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन इकाई सचिव आयूष्मान निरौलाले गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु