मेचीनगर । मेचीनगर – ८ वडाकार्यालयले आफनो वडा क्षेत्र भित्रका गोकुल मार्ग, झापा मार्ग र अन्य भित्रि सडक खण्डमा बिहान ९बजेदेखि १० बजे सम्म र दिउँसो ३ बजेदेखि ४ बजेसम्म टिप्पर सञ्चालनमा रोक लगाको छ ।
सो समयमा विद्यालय जाने र घर फर्कने विद्यार्थीहरुमा टिपर सञ्चालनले त्रास सिर्जना हुनका साथै उत्तीकै जोखिम पनि हुने भएकोले वडा कार्यालयले मंसिर ५ गते सूचना प्रकाशित गरेर सो समयमा गाडी सञ्चालन नगर्न अनुरोध गरेको हो ।
वडाको सूचनालाई बेवास्ता गरेर गाडी सञ्चालन गरेको पाइएमा वडाले रु १ हजार जरिवाना लिने सूचनामा उल्लेख छ । ‘हामीले प्रहरी बिट इटाभट्टा र सबै क्रसर उद्योगहरुलाई पत्र पठाएका छौं,’ वडाध्यक्ष गिरीराज धमलाले भने, ‘विद्यालय समयमा टिपर सञ्चालन हुँदा नानीहरुलाई त्रास सिर्जना हुनका साथै दुर्घटना हुने सम्भावना बढी हुन्छ, त्यसैले सो समयमा टिप्पर सञ्चालनमा रोक लगाउने निर्णय गरिउँ ।’
ठूलै मानिसहरुलाई समेत नजिकै टिप्पर आउँदा निक्कै त्रास हुन्छ उनले भने सरकारी विद्यालयमा पढ्न जाने अधिकांश विद्यार्थी सो समयमा प्रदलै विद्यालय जान्छन् ठूला गाडीको आवाजले पनि त्रास सिर्जना गर्छ । कति डराएर भाग्दा दुर्घटना हुन्छ ।
2024-11-22 मा प्रकाशित
प्रतिकृया दिनुहोस्