इटाभट्टा, २० मंसिर । मेचीनगर नगरपालिकाले नगरप्रहरीको सेवा प्रभावकारी बनाउँन तथा काममा सहजता प्रदान गर्न सवारी साधन प्रदान गरेको छ ।
बिहीबार बिहान नगरपालिकामा आयोजित सवारी साधन हस्तान्तरण कार्यक्रममा नगर प्रमुख गोपालचन्द्र बुढाथोकी , उपप्रमुख मीना पोखरेल उप्रेतीले नगर प्रहरी प्रमुख नगर प्रहरी सहायक निरीक्षक श्याम गिरीलाई गाडीको साचो संयुक्तरूपमा हस्तान्तरण गरे ।
सो अवसरमा नगर प्रमुख बुढाथोकीले नगरभित्र हुने अवाञ्छित गतिविधि नियन्त्रण तथा नगरको अहित हुने हरेक क्रियाकलापप्रति नगर प्रहरी चनाखो भएर काम गर्न निर्देशन दिए ।
उपप्रमुख उप्रेतीले न्यायिक समितिले गरेका निर्णयहरू तथा बजारमा हुने कालोबजारी, खाद्य वस्तुको कृित्रम अभाव तथा वजार अनुगमनमा समेत नगर प्रहरीको महत्वपूर्ण भूमिका हुने भन्दैं यसतर्फ पनि नगर प्रहरीले ध्यान दिनु पर्ने बताइन्।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, प्रशासन , योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्तीले नगर प्रहरीको काम कर्तव्य र अधिकारलाई बुझेर नगरवासीबीच पुग्न र नगर प्रहरी नगरवासीकै हुन भन्ने सन्देश दिन लाग्न सुझाव दिए । शहरी शासकीय सुशासन कायम गर्न नियमनका लागि नगर प्रहरीको महत्वपूर्ण भूमिका रहने उनीहरुको भनाई थियो ।
कार्यक्रमको सञ्चालन , योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्तीले गरेका थिए ।
प्रतिकृया दिनुहोस्