मेचीनगर लेडी जेसीजको अध्यक्षमा पोखरेल

2024-12-15 मा प्रकाशित

धुलाबारी, ३० मंसिर । मेचीनगर लेडी जेसीजको अध्यक्षमा सबिता पोखरेल सर्वसम्मत चयन भएकी छन् ।
मेचीनगर लेडी जेसीजको शनिबार सम्पन्न ११ औँ वार्षिक साधारण सभाले वर्ष २०२५ का लागि पोखरेललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

कार्यसमितिको कार्यकारिणी उपाध्यक्षद्वयमा लक्ष्मी कोइराला र सुनिता खतिवडा, चार जना उपाध्यक्षहरुमा कृष्णकुमारी प्रसाई (कल्पना,) खिना निरौला, नबिना डाँगी र अनिता शाह चयन भएका छन्।

निर्वाचन आयुक्त एवम् मेचीनगर लेडी जेसीज वर्ष २०२४ की अध्यक्ष पवित्रा विमली प्रसाईले नयाँ सर्वसम्मत कार्यसमितिलाई सफल कार्यकालको शुभकामनासहित धन्यवाद दिएकी थिइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु