बिएन्डसी मेडिकल कलेजका पहिलो ब्याचलाई स्वागत सम्मान

2025-01-21 मा प्रकाशित

बिर्तामोड, माघ ८ । झापाको बिएन्डसी मेडिकल कलेजले एक कार्यक्रमबीच पहिलो ब्याच (सन् २०२५( का एमबिबिएस विद्यार्थीलाई स्वागत सम्मान गरेको छ ।

मेचीनगर–१२ को धाइजनमा रहेको साइन्स भवनमा १४ विदेशीसहित ५० जना विद्यार्थीलाई स्वागत सम्मान गरिएको हो । कार्यक्रममा कलेजका पदाधिकारी, प्राध्यापक, कर्मचारीले उनीहरुलाई स्वागत गरेका हुन् ।

कलेजका संस्थापक एवम् कार्यकारी निर्देशक दुर्गा प्रसाईं प्रमुख अतिथि रहेको उक्त कार्यक्रमको अध्यक्षता कलेजकी संस्थापक अध्यक्ष इन्दिरा गिरीले गरेकी थिइन् । कलेजका विभिन्न विभाग र संकायका प्रमुखहरुको उपस्थिति रहेको उक्त अवसरमा कलेजका अध्यक्ष डक्टर रामबाबु गिरी, निर्देशक डक्टर अञ्जली कार्की प्रसाईं, प्रिन्सिपल प्राडा उमेश शर्मा लगायतले नयाँ विद्यार्थीलाई फूलगुच्छा र खादा प्रदान गरेर स्वागत तथा सम्मान गरेका थिए ।

कलेजका जनसम्पर्क प्रमुख प्रमिश गिरीले सञ्चालन गरेको सो कार्यक्रमको समापनमा पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डक्टर वीरेन्द्र यादवले धन्यवाद मन्तव्य राखेका थिए ।

हाल बिएन्डसी मेडिकल कलेजमा ५० जना विद्यार्थीले चिकित्सा शास्त्र संकाय अन्तर्गत स्नातक तह (एमबिबिएस) अध्ययन सुरु गरेका छन् । स्वागत कार्यक्रममा डाक्टर पढ्न आएका विद्यार्थीको चहलपहल उल्लासमय थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु