
मेचीनगर । मेचीनगर –५ स्थित विश्वेश्वर महादेव मन्दिरमा भूमि दान गर्नेहरुको संख्या बढ्दैगएको छ । मन्दिर परिसरमा बुधबारदेखि सुरु भएको सात दिवसीय श्रीमद् भागवत महापुराणको अवसरमा भक्तजनहरुले उत्साहका साथ द्रब्य, अन्न तथा मन्दिरलाई भूमि दान गर्नेहरुको संख्या बढ्दै गएको हो । पुराणको अवसरमा एक पाउदेखि ८ पाउ सम्म जमिन दान भएको पुराण आयोजक समितिका उपाध्यक्ष इश्वर कुमार श्रेष्ठले जानकारी दिए । सोमबार मेचीनगर ८ की वडासदस्य मनकुमारी गिरी तथा उहाँका छोरा बुहारी राजकुमार ÷पूजा गिरीले पितृ मोक्षको कामना गर्दै ८ पाउ बराबरको रु १ लाख ५ रुपैयाँ प्रदान गरेका थिए ।
स्व.विश्वनाथ गिरीले १ कठ्ठा जमिन निःशुल्क प्रदान गरेपछि २०६३ सालमा सो क्षेत्रमा विश्वेश्वर महादेव मन्दिर निर्माण गरिएको थियो । मन्दिर परिसर सानो भएकोले थप जमिन खरिद गरेर मन्दिर परिसरमा सामुदायिक भवन निर्माण गर्ने उद्देश्यका साथ पुराण आयोजना गरिएको पुराण आयोजक समितिका अध्यक्ष कविराज गिरीले जानकारी दिए । उनले पुराणमा यथासक्य सहयोग गर्न समेत आग्रह समेत गरेका छन् ।
प्रतिकृया दिनुहोस्