![](https://mechiaawaj.com/wp-content/uploads/2025/01/east15-1536x691-1.jpeg)
मेचीनगर । शिक्षा सँगै अतिरिक्त क्रियाकलापमा छुट्टै पहिचान स्थिापित गर्न सफल इस्ट होराइजन अंग्रेजी माध्यमिक विद्यालयले अन्तरष्ट्रि स्तरमा आफूलाई स्थापित गर्दै लगेको छ ।
हालै उत्कृष्ट विद्यालयमा छनोट भई इस्ट होराइजन मावि बेस्ट अलराउन्डर स्कुल विधातर्फ मलेसियामा आयोजित बल्र्ड स्कुल समिटमा सम्मानित भएको थियो । ँविश्वभरका २०० विद्यालय मध्ये होराइजन स्कुल उत्कृष्टमा पर्न सफल भएको हो ।
विद्यालयले मंगलबार पत्रकार सम्मेलन आयोजना गरेर हाल सम्मका प्रगति र नियमित सञ्चालित कार्यक्रमको बारेमा जानकारी गराएको हो । विद्यालयले वार्षिकोत्सको अवसर पारेर सञ्चालन गरिरहेको खेलकुदका कार्यक्रमलाई लक्षित गरेर आयोजित पत्रकार सम्मेलनमा माघ १६ देखि माघ २३ गतेसम्म सञ्चालन हुने बिभिन्न कार्यक्रको बारेमा जानकारी गराइएको थियो ।
विद्यालयका प्रिन्सिपल सञ्जीव राईले विभिन्न देशहरुको सिकाइ प्रणाली अध्ययन गरी लागु गर्ने प्रयासमा आफूहरु रहेको बताए ।‘अब अध्ययन क्रियाकलाप परिवर्तन गर्न जरुरी छ,’ उनले भने, ‘त्यसैका लागि हामी विदेशतिर अध्ययन भ्रमण गरिरहेका छौँ उनले बार्षिक कार्यक्रम अन्तरगत २८ वटा विधामा खेलकुद प्रतियोगिता हुने बताए ।
उनका अनुसार अतिरिक्त क्रियाकलाप अन्तरगत धुलाबारी उत्तर ज्यामिरगढीमा म्याराथन दौड र फुटबल प्रतियोगिता हुनेछ ।
विभिन्न विद्याका विजेता विद्यार्थीहरुलाई माघ २३ गते पुरस्कार वितरण गरिने विद्यालयले जनाएको छ । सोही दिन स्व.हरिप्रसाद राई मेमोरियल अन्तर सदन फुटवल प्रतियोगिता पनि हुने अतिरिक्त क्रियाकलापका संयोजक शिक्षक नविन दाहालले जानकारी दिए ।
स्कूलले विद्यार्थीको स्वास्थ्यलाई मध्येनजर गर्दै बिर्तामोड स्थित बीएन्डसी अस्पतालसँग स्वास्थ्य सम्बन्धी सम्झौता गरेको छ ।
उक्त अस्पतालमा स्कुलमा अध्ययनरत विद्यार्थी, शिक्षक र कर्मचारीलाई १० प्रतिशत छुटमा उपचार गर्ने सहमति भएको शिक्षक महेश खड्काले बताए ।
सम्मेलनमा खेलकुद विभागका शिक्षक डिके राई, अनुसाशन विभागका शिक्षक प्रेम डाँगी, स्कुलकी महिला क्यापटेन अनु श्रेष्ठ लगायतले स्कुलको गतिविधिका बारेमा जानकारी गराएका थिए । पत्रकार सम्मेलनको सहजिकरण शिक्षक खड्काले गरेका थिए ।
प्रतिकृया दिनुहोस्