
2025-02-08 मा प्रकाशित
मेचीनगर, २६ माघ । मेचीनगर नगरपालिकाको प्रवक्तामा वडाध्यक्ष दिपक बराल चयन भएका छन् ।
नगरपालिकाको शनिबार सम्पन्न कार्यपालिका बैठकले वडा नं. २ का वडाध्यक्ष बराललाई प्रवक्ता तोकेको हो ।
नगरप्रमुख गोपाल बुढाथोकी नेतृत्वको नगर जनप्रतिनिधिको कार्यकाल बितेको दुई वर्षपछि मेचीनगरले प्रवक्ता पाएको हो ।
यसअघि तत्कालीन नगरप्रमुख बिमल आचार्यको नेतृत्वमा रहेको जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल प्रवक्ता चयन नगरी व्यतित भएको थियो ।
प्रवक्ताले नगरपालिकाका निर्णय लगायत औपचारिक धारणा सार्वजनिक गर्ने अख्तियारी पाएका हुन्छन् ।
“कार्यपालिका बैठकले मलाई प्रवक्ताको जिम्मेवारी दिएको छ,” बरालले भने, “सबैको सहयोगमा पाएको जिम्मेवारी इमान्दारिताका साथ पुरा गर्छु ।” वडाको विकास निर्माणमा विवाद रहित ढंगले अघि बढेका वडाध्यक्ष बराल कार्यसम्पादनको हिसावले निक्कै अगाडि छन् ।
प्रतिकृया दिनुहोस्