प्रेस क्लब मेचीनगरको अध्यक्षमा पौडेल

2025-02-21 मा प्रकाशित

मेचीनगर । प्रेस क्लव मेचीनगरको अध्यक्षमा प्रकश पौडेलले चयन भएका छन् । बुधबार काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा सम्पन्न क्लवको १० औं साधारण सभा तथा छैठौं अधिवेशनबाट अध्यक्षमा पौडेल सर्बसम्मत चयन भएका हुन् । समितिको उपाध्यक्ष खुला तर्फ खगिन्द्रप्रसाद घिमिरे, उपाध्यक्ष महिला तर्फ मनिसा गौतम, सचिवमा प्रविण अधिकारी, कोषाध्यक्षमा दिलिप थापा र सहसचिवमा नवराज सुवेदी सर्बसम्मत चयन भएको भएको निर्वाचन समितिका संयोजक ज्ञानेन्द्र निरौलाले जानकारी दिए ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा सुजन प्रधान, भोलानाथ तिम्सिना, सेवन्ता घिमिरे र पुष्कर गुरागाईं चयन भएका छन् । थप एक जना सदस्य कार्यसमितिको बैठकले मनोनित गर्ने निर्वाचन समिति संयोजक निरौलाले बताए।


प्रेस क्लव मेचीनगरका अध्यक्षमा डम्बर बरालको सभापतित्वमा सम्पन्न साधारण सभाको उदघाटन सत्रमा प्रमुख अतिथि कोशी प्रदेश नेपाली काँग्रेसका संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले प्रदेश सभामा पेश भएको आमसञ्चार सम्बन्धी विद्येयकमाथि गम्भीता पूर्वक छलफल भइरहेको र त्यसमा भएको मिडियालाई नियन्त्रण गर्ने प्रावधान हटाउन आफुले समेत संशोधन दर्ता गराएको बताए ।

उदघाटन सत्रमा मेचीनगरका प्रमुख गोपालचन्द्र बुढाथोकी, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष अम्बिका भण्डारी, मेचीनगरका प्रवक्ता दिपक बराल, क्लवका संस्थापक अध्यक्ष सन्तोस आचार्य पूर्वअध्यक्षहरु ज्ञानेन्द्र निरौला, मुक्ति पौडेल, लक्ष्मी उप्रेती, नेकपा एमाले मेचीनगरका अध्यक्ष राजु कार्की, काँग्रेस मेचीनगरका उपसभापति योगेन्द्र थापा मगर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

साधारण सभाको बन्द सत्रले अध्यक्ष बरालले प्रस्तुत गरेको वार्षिक कार्यक्रमसहितको प्रतिवेदन र कोषाध्यक्ष बिनिता गौतमले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो । क्लवका उपाध्यक्ष जी आर धितालले स्वागत गरेको कार्याक्रमको सञ्चालन सचिव देबु बानियाँले गरेका थिए।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु