देवर्षि आश्रममा श्रीमद् भागवत महापुराण सुरु

2025-03-04 मा प्रकाशित

मेचीनगर । मेचीनगर –७ स्थित देवर्षि आश्रममा सोमबारबाट श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ ।
पुराण उद्घाटन पूर्व बिहान कलश शोभायात्रा निकालिएको थियो । आश्रम परिसरबाट सुरु भएको शोभायात्रा जोरसिमल, इटाभट्टा, गोमनसरी हुँदै पुनः पुराण स्थल पुेको थियो । कलश शोभा यात्रामा ठूलो संख्यामा भक्तजनहरुको सहभागिता रहेको थियो ।
निर्माणधिन देवर्षि आश्रमलाई पुरागर्ने उद्देश्यले आचार्य छन्दुराम भण्डारीको प्रमुख बाचकत्व तथा प. सोमनाथ खतिवडाको उपवाचकत्वमा संगीतमय कथा प्रवचन भइरहेको आयोजक समितिले जनाएको छ । पुराण आगामी २७ गते सम्म सञ्चालन हुने छ । आयोजकले पुराणमा सहभागीभएर भागवत श्रवण गर्न तथा आश्रम निर्माणको लागि यथाशक्य सहयोग गर्न आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु