
मेचीनगर । मेची उद्योग बाणिज्य संघले यसवर्ष आर्थिक पत्रकारिता पुरस्कारबाट रेडियो साथिकी निर्देशक सुष्मा राजबंशीलाई सम्मान गर्ने भएको छ ।
धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईको अध्यक्षतामा बसेको वैठकले पत्रकार राजबंशीलाई आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मान गर्ने निर्णय भएको हो ।
यही चैत ७ गते धुलाबारी स्थित होटल रोयल निर्माणको सभा हलमा हुने संघको २० औँ वार्षिक साधारण सभामा पत्रकार राजबंशीलाई सम्मान गरिने संघका कार्यकारी निर्देशक गोपाल वस्नेतले जानकारी दिए । पुरस्कारको राशि नगद २१ हजार रुपैयाँ रहेको छ ।
पत्रकार राजबंशी १४ वर्षदेखिदेखि झापाको पत्रकारितामा सक्रिय छन् । उनी यसअघि राजधानीको उजयालो नाइट नेटवर्क, रेडियो सरगम, रेडियो सनराइज लगायत विभिन्न सञ्चारमाध्यम काम गरिसकेकी छन् ।
वैठकमा पत्रकार छनोट समितिका संयोजक खेम प्रसाई तथा सदस्यहरु संघका निवर्तमान अध्यक्ष ऋषिराज तिम्सिना, मेचीनगर नगरपालिका–१० का वडाध्यक्ष नारायण खनाल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, साहित्यकार भीम खवास, कार्यकारी निर्देशक गोपाल वस्नेत र प्रेस सल्लाहकार अर्जुन कार्कीको उपस्थिति रहेका थियो ।
संघले यसअघि उक्त पुरस्कार पत्रकार गोविन्द चन्द क्षेत्री, राजु अधिकारी, पर्वत पोर्तेल, मनिषा चम्लागाई, रोहित काफ्ले र मुक्ति पौडेल, अम्बिका भण्डारीलाई प्रदान गरिसकेको छ ।
यसैगरी उत्कृष्ट कर्मचारीका रुपमा वरिष्ठ सहायक गंगा विकलाई १५ हजार नगदसहित सम्मान गर्ने भएको छ । साधारण सभाको प्रमुख अतिथि कोशी प्रदेश सरकारका खानेपानी, सिँचाई तथा उर्जा मन्त्री एकराज कार्की रहने छन् ।
प्रतिकृया दिनुहोस्