
मेचीनगर, । मेची उद्योग बाणिज्य संघले बिहीबार २० औं वार्षिक उत्सवको अवसर पारेर पत्रकार सुष्मा राजबंशीसहित कर्मचारी र उद्यमी सम्मानितलाई सम्मान गरेको छ ।
संघले स्थापना गरेको आर्थिक पत्रकारिता पुरस्कारबाट यसवर्ष पत्रकार सुष्मा राजबंशीलाई सम्मान गरिएको छ ।
धुलाबारी स्थित होटल रोयल निर्भाणमा सम्पन्न साधारण सभामा पत्रकार राजबंशीलाई नगद २१ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियोे । त्यसैगरी, त्यसैगरी उत्कृष्ट उद्योमी सम्मान महावीर अग्रवाललाई प्रदान गरिएको छ । उत्कृष्ट कर्मचारीमा सम्मान गंगा विकलाई प्रदान गरियो । उनलाई नगद १५ हजार राशी सहित सम्मान पत्र प्रदान गरिएको थियो । यसैगरी, लामो समयसम्म एम्बुलेन्स चालकको रुपमा कार्यरत मिनबहादुर खड्कालाई १६ लाख ५२ हजार नगद उपदान दिएर विदाई गरिएको छ ।
मेची उद्योगा वाणिज्य संघका अध्यक्ष तेजराज प्रसाईको सभापतित्व तथा कोशी प्रदेशका सांसद गोपाल उनले नगद २१ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईंको सभापतित्व तथा कोशी प्रदेशका सांसद गोपाल तामाङको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि तामाङले अबको ३ वर्षसम्म यही सरकार स्थिर सरकारका रुपमा रहने बताए । नेपाली कांग्रेस कोशी प्रदेशका सचेतक समेत रहेका तामाङले आगामी चुनावसम्म स्थिर सरकारका रुपमा रहने बताए ।
उनले विगतमा धुलाबारीको चर्चित हङकङ मार्केट र काँकरभिट्टाको सुपारी लाइनलाई व्यवस्थित गर्न नसक्दा व्यवसायीहरु पलायन भएर गएकोमा दुःख व्यक्त गरेका थिए ।
कार्यक्रममा मेचीनगर नगरप्रमुख गोपालचन्द बुढाथोकी उद्योग, व्यापार गर्न राष्ट्रिय नीति चाहिने बताए । उनले व्यापारको हितका लागि भारत र नेपालको व्यापार सम्धी र सम्झौता संशोधन गर्नु पर्ने बताए ।
पूर्व नगरप्रमुख विमल आचार्यले एशियन हाइवेले काँकरभिट्टाबाट म्यानमार, थाइल्यान्ड जाने बाटो जोडिदै गरेको बताए ।
मेची उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष केशवराज पाण्डेले किमाथांका नाका सूचारू भयो, तर ओलाङचुङगोला नाका नखोलेकोले व्यापार गर्न असहज भएको बताए । उनले मेचीनगरमा औधौगीक करिडोर बनाउनु पर्ने बताए ।
बिर्तामोड उद्योग बाणिज्य संघ अध्यक्ष राजु न्यौपानेले राज्यले हेर्ने दृष्टिकोण ठिक नभएको बताए ।
सोही अवसरमा संघको ४ कठ्ठा जग्गामा भवन बनाउन पूर्व अध्यक्ष पाण्डे र व्यवसायी महावीरले १÷१ लाख रूपैयाँ दिने घोषणा गरेका छन् । यसका लागि सबैले सहयोग गर्न समेत पाण्डेले आग्रह गरेका छन् ।
कार्यक्रममा पत्रकार राजबंशीको घोषणासहित प्रमाणपत्र बाचन छनोट समितिका सदस्य एवम् नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरीले र उत्कृष्ट उद्यमी महावीरको संघका पूर्व निवर्तमान अध्यक्ष ऋषिराज तिम्सिनाले गरेका थिए ।
कार्यक्रमको धन्यवादसहित समापन वरिष्ठ उपाध्यक्ष किशोर क्षेत्री (कपिल) ले र सञ्चालन महासचिव दिनेश शाक्यले गरेका थिए ।
प्रतिकृया दिनुहोस्