बालविकास आधारभूत विद्यालयका ६२ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान

2025-03-26 मा प्रकाशित

मेचिनगर । नेपाल मानव धर्म सेवा समिति मेची क्षेत्र धुलाबारी युवा संगठनले बुधबार मिसन एजुकेशन अन्तर्रगत मेचिनगर – १ स्थित बालविकास आधारभूत  विद्यालयमा अध्यनरत ६२ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेको छ ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लेखराज राईको सभापतित्व तथा समाजसेवी हिम्मत क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मेची क्षेत्र प्रखर सन्त माता धर्मिता वाईजी, माता माण्डवी बाईजी, मेची क्षेत्र अध्यक्ष दशरथ राई, मेची क्षेत्र मिडिया संयोजक पदम थापा मगर, मेची क्षेत्रका सञ्चालक समिति सदस्य सचिन निरौला , लोकनाथ लामिछाने , समाजसेवी लोक बहादुर रिसाल, कुबिर खड्का, लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि क्षेत्रीले मानव धर्म सेवासमितिले मानवीय सेवाकोलागि खेल्दै आएको भूमिकाको प्रशंसा गरे । विद्यालयका प्रधानाध्यापक नगेन्द प्रसाद रिजालले स्वगत गरेको कार्यक्रमको सञ्चालन नेपाल मानव धर्म सेवा समिति बालसभा संयोजक समिरा राईका गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु