
मेचीनगर । काँकरभिट्टामा गरिएको चालकहरुको स्वास्थ्य परीक्षणमा करिब आधाजसो ४६ प्रतिशत चालकले लागूपदार्थ सेवन गरेको पाइएको छ ।
मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित बसपार्कमा गरिएको ३० जना चालकहरुको स्वास्थ्य परीक्षणमा १४ जनाले लागूपदार्थ सेवन गरेको पाइएको ह ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको अगुवाईमा पूर्वपश्चिम राजमार्गमा सञ्चालन हुने यात्रबाहक बस तथा नीजि सवारीसाधनहरुबाट बढ्दो दुर्घटना न्यूनीकरणका लागि चालकहरुको आँखा तथा लागूपदार्थ सेवन चेकजाँच गरिएको थियो ।
परीक्षणका क्रममा १४ जनामा लागूपदार्थ पोजेटिभ देखिएकाले थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टाको जिम्मा लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय झापा, जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाको समन्वयमा समुदाय–प्रहरी साझेदारी अन्तरगत कार्यक्रम सम्पन्न गरिएको ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाका इञ्चार्ज प्रहरी नायव निरीक्षक पूर्ण गौतमले जानकारी दिए ।
कार्यक्रममा काँकरभिट्टा आई केयर सेन्टर प्रालि र स्वास्थ्य कार्यालय झापाले प्राविधिक सहयोग गरेका थिए ।
प्रतिकृया दिनुहोस्