
काँकरभिट्टा । काँकरभिट्टा स्थित अरुणोदय बोर्डिङ्ग स्कुलले २९ औं बार्षिक उत्सब मनाउने भएको छ । आइतवार पत्रकार भेटघाट गर्दै स्कुलका अध्यक्ष भगिरथ राइले उत्सव हुने जानकारी गरएका हुन ।
काँकरभिट्टामा शिक्षामा नौलो अभ्यास गर्ने तयारी गर्दै पठन संस्कृति र प्लेली बिधिबाट पठनपाठन शुरु गरेको अरुणोदय स्कुलले आगामी मंगलवार र बुधवार २९औँ वार्षिक उत्सब र अरुणोदय महोत्सव को रुपमा भव्य रुपमा मनाउने तयरी गरेको छ । उत्सवको पहिलो दिन कक्षा ५ सम्मका विद्यार्थी र दोश्रो दिन कक्षा ५ माथिका विद्यार्थीले प्रतिभा प्रस्तुती गर्ने बताइएको छ ।
त्यस्तै अभिभावक नृत्य , विद्यार्थी अभिभावक सम्मान, विज्ञान प्रदर्शनी, परम्परागत सामाग्री प्रदर्शनी, पुस्तक तथा खेलकुद सामाग्री प्रदर्शनी, विद्यार्थीद्वारा निर्मित चित्रकला तथा हस्तकला प्रदर्शनी तथा बिक्रि, दैनिक प्रयोग गरिने खाद्य वस्तुको प्रदर्शनी तथा विक्रि, आँखा तथा दाँत परिक्षण , विद्यार्थीहरुले पकाएका स्तानिय नेवारी , राजवंशी, राई, तामाङ्ग, शेर्पा र मगर समुदायका खानाका परिकार विक्रि, स्काउटका सामाग्री प्रदर्शनी र बिक्रि आदि कार्यक्रमहरु रहेको छ । उत्सवमा करिव १ हजार मानिसहरुको उपस्थिति रहने बताइएको छ ।
प्रतिकृया दिनुहोस्