
मेचीनगर । मेचीनगर– ६ स्थित एमिटी पब्लिक स्कूलले आइतबार पुरस्कार वितरण, सम्मान सहित संस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालय परिसरमा आयोजित कार्यक्रमको उदघाटन द गोर्खा मेमोरियल फउण्डेसन नेपालका राष्ट्रिय अध्यक्ष गंगालाल गुरुङले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गुरुङले विद्यालयले विद्यार्थीको क्षमत विकासमा पुर्याएको योगदानको चर्चा गरे । उनले विद्यालय शिक्षा सहित अतिरिक्त क्रियाकलापमा विद्यालयले खेलेको भूमिकाको खुलेर प्रशंसा गरेका थिए ।
कार्यक्रमका अवसरमा वर्ष उत्कृष्ट, शिक्षक, अभिभावक, तथा विभिन्न विद्यामा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
विद्यालयले उत्कृष्ट शिक्षकको रुपमा सृष्टि कार्की र सन्दिप गिरीलाई सम्मान गर्यो भने उत्कृष्ट अभिभावकका रुपमा रिता अधिकारी र हरिमाया कुँवर सम्मानीत भए ।
त्यसैगरी विद्यालयले शैक्षिक वर्ष २०८१ मा आयोजित खेलकुद सप्ताहमा उत्कृष्ट हुने एक सय ९० विद्यार्थीलाई पुरस्कार वितरण गर्यो ।
यसैगरी वार्षिक परीक्षामा कक्षा नर्शरीदेखि कक्षा ९ सम्म उत्कृष्ट तीनमा पर्न सफल ३७ जना विद्यार्थीलाई समेत सम्मान गरिएको थियो । यस्तै सरसफाई तथा अनुशासित ६ जना विद्यार्थीलाई समेत सम्मान गरिएको विद्यलयले जनाएको छ ।
यसैगरी विद्यालयले गत अप्रिल ४ मा नेपालका लागि बेलायतका राजदुतबाट आयोजित (द ड्युक अफ इडेन्वरा इन्टरनेश्नल अवार्ड) कार्यक्रममा भाग लिएका २७ जना विद्यार्थीहरुलाई समेत अवार्ड वितरण गरिएको थियो । स्टुडेन्ट अफ द एयर जेनिस भट्टराई घोषित भए । सम्मानित सबैजनालाई प्रमुख अतिथिले सम्मान गरेका थिए ।
कार्यक्रममलाई रोचक बनाउन विद्यार्थीले एकल तथा सामुहिक नृत्य प्रस्तुत गरेका थिए । आफ्ना नानीहरुको प्रस्तुती देखेर अभिभावकहरु समेत दंग थिए ।
कार्यक्रममा प्रमुख अतिथि गुरुङसँगै राजकुमार दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । विद्यालयका संस्थापक प्रिन्सिपल सुवर्ण भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रम विद्यालयकी शिक्षिका सिता अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतिकृया दिनुहोस्