कनकाई नगरपालिकाले गर्यो झापाका एसपी केसी र डिएसपी बिष्टलाई ससम्मान बिदाई

2025-04-30 मा प्रकाशित

कनकाई  । झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन केसी सहित प्रहरी नायव उपरीक्षक प्रकाश विष्टलाई एक विशेष कार्यक्रमका बीच कनकाई नगरपालिकाले फेरी भेटौला कार्यक्रम मार्फत बिदाई गरेको छ ।

कनकाई  नगरपालिकाको सभा हलमा नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले स्वागत सहित झापाका प्रहरी प्रमुख केसी र ईलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रकाश विष्टको थप सफलताको कामना गरे ।

कनकाई नगरपालिकाका प्रमुख पोखरेलले जहाँ गएपनि देशको शान्ती सुरक्षामा अब्बल दर्जा प्राप्त होस् भन्दै बिदाई भएर जान लागेका दुवै प्रहरी प्रमुखहरुलाई थप सफलताको शुभकामना व्यक्त गरे । सोही अवसरमा कनकाई सामुदायिक वन समूहका अध्यक्ष ख्याम ओलीको नेतृत्वमा आएको पदाधिकारी सहितको समूले समेत मायाको चिनो प्रदान गर्दै सफलताको कामना गरे ।

झापाबाट बिदाई भएर काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरी जान लागेका प्रहरी प्रमुख केसीले अपराधलाई कसरी न्युनीकरण गर्न सकिन्छ भन्ने विषयमा झापामा धेरै अभ्यास गरेको बताए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखाबाट १४ महिना अघि झापाको प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न आएका एसपी केसीको नेतृत्वमा जिल्लामा शान्तीसुरक्षा थप मजवुत भएको अनुमान गरिएको छ ।

सुरक्षाको दृष्टिकोणले संवेदनशिल मानिएको झापा जिल्लामा शान्ति सुरक्षा कायम राख्न सबै क्षेत्रसँग सहकार्य गरेर अघि बढेका कारण झापाको शान्ती सुरक्षा थप मजवुद भएको प्रहरी प्रमुख केसी बताउँछन् ।

झापामा शान्ति सुरक्षा कायम गर्ने विषयमा आफुले कुनै पनि कसुर बाँकी नराखेको बताउँदै प्रहरी उपरीक्षक केसीले आफू राजनीतिको दवाव र प्रभावमा होइन्, जनताले अनभुति गर्ने गरी सबैको लागि काम गर्दै आएको प्रष्ट पारे । कनकाई नगरपालिकाले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी प्रमुख केसीले झापाका सबै पालिकामा रहेका प्रमुख एवं उपप्रमुखहरुसँगको सहकार्य अत्यन्तै सकारात्मक रहनुका साथै कनकाई नगरपालिकासँगको समन्वय थप सहज भएको बताए ।

यसै बिचमा प्रदेशबाट २ पटक सम्म उत्कृष्ट प्रहरी अधिकृतका रुपमा पुरस्कृत भइसकेको भन्दै केसीले स्वच्छ र खुशी मनले आफ्नो पेशाप्रति इमान्दारिताका साथ अघि बढ्न सकेमा जीवनमा सफलता हात पर्ने विश्वास व्यक्त गरे ।

त्यस्तै प्रहरी प्रधान कार्यालय काठमाण्डौमा सरुवा भएका ईलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरिक्षक प्रकाश विष्टले शान्ती सुरक्षा साथै अपराध न्युनीकरणमा जनप्रतिनिधि र सुरक्षा निकाय विचमा अत्यन्तै सुमधुर सम्बन्ध कायम रहेको बताए । नेपाल प्रहरीको प्रधान कार्यालय काठमाण्डौमा सरुवा भएर जान लागेका डिएसपी विष्ट करिव १४ महिना अघि विर्तामोडको जिम्मेवारी सम्हाल्न आएका हुन ।

कार्यक्रमका अवसरमा कनकाई नगरपालिकाको विभिन्न वडाका वडाअध्यक्षहरु सहित अन्य जनप्रतिनिधिहरु, नगरपालिकाका कर्मचारीहरुको समेत उल्लेख्य उपस्थिती रहेको बताइएको छ । औपचारिक कार्यक्रमको संचालन कनकाई नगरपालिका योजना शाखा प्रमुख जमुना कटुवालले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु