चारआलीमा ट्रकको ठक्करबाट एकको मृत्यु

2025-04-30 मा प्रकाशित

बिर्तामोड । झापाको चारआलीमा आज बुधबार साँझ सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाए अनुसार दुर्घटनामा परी झापाको अर्जुनधारा – १० का ६८ वर्षीय टङ्कप्रसाद  बरालको ज्यान गएको हो।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत बिर्तामोडबाट चारआली जाँदै गरेको ना ३ ख २३५३ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको मे ८ प ६४९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

ठक्करबाट बरालको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि ट्रक चालक पाँचथर फिदिम नगरपालिका(११ का ३८ वर्षीय ठालुप्रसाद एक्तेनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु