
मेचीनगर । मेचीनगर ७ इटाभट्टास्थित झापा नेशनल स्कूलले भारतमा सम्पन्न युनियन सोतोकान कराते एशोसिएसन (उस्काइ) अन्तर्राष्ट्रिय कराते प्रतियोगिता २०२५ मा सहभागी भई मेडल जित्न सफल विद्यार्थीहरूलाई एक समारोहबीच सोमबार सम्मान गरेको छ ।
नेपाल, भारत, भुटान र श्रीलंका पाँच सयबढी खेलाडी सहभागी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै यस विद्यालयबाट पाँच जना छात्रले मेडल ल्याउन सफल भएका हुन् ।
नेपालको प्रतिनिधित्व गर्दै झापा नेशनल स्कूलका उत्सव भट्टराई कातामा कास्य कुमुतेमा स्वर्ण, थोमस लिम्बू कुमुतेमा स्वर्ण, सम्रित राजवंशी कुमुतेमा कास्य, प्रवेश थामी कुमुतेमा रजत र करन खनालले कुमुतेमा कास्य पदक जितेका थिए । उनीहरूलाई विद्यालयले आज सम्मान गरेको छ ।
मेचीनगर ७ का वडाध्यक्ष प्रल्हादमणी ओलीको प्रमुख आतिथ्यमा सम्पन्न खेलाडी सम्मान कार्यक्रममा अभिभावक, खेलाडी, खेल प्रशिक्षक, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै वडाध्यक्ष ओलीले झापा नेशनल स्कूलले पढाइ संगसगै खेलकुद लगायत अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहेको बताए । उनले विद्यालयलाई आगामी दिनमा थप सफलताका निमित्त लागि पर्न आग्रह समेत गरे ।
विद्यालयका फाउण्डर प्रिन्सिपल कमल भेटवालले यो सफलता भनेको विद्यालय, विद्यार्थी खेलाडी, खेल प्रशिक्षक र अभिभावकहरूको साथ र सपोर्टबाट मात्रै सम्भव रहेको बताए । उनले आफुहरू विद्यालयमा पढाइ मात्रै नभएर संगसगै खेलकुदलगायतका अतिरिक्त क्रियाकलापमा पनि अब्बल बनाउनुपर्छ भनेर लागि परिरहेको बताए । यसमा सफलता समेत मिलि रहेको उनको भनाइ छ ।
अप्रेल २६ र २७ तारिख बनारस उत्तर प्रदेश भारतमा
नेपालको प्रतिनिधित्व गर्दै मेचीनगर ७ स्थित झापा नेशनल स्कुलका विद्यार्थीसहित छवि भट्टराई कातामा स्वर्ण कुमुतेमा कास्य र रोहित श्रेष्ठ कुमुतेमा स्वर्ण ल्याउन सफल भएका थिए । जसको कारण नेपाल प्रतियोगितामा दोस्रो बन्यो ।
प्रतियोगिताको लागि नेपालबाट अफिसियलमा विषन मोते, सञ्जीत मोहली, हेमन्त सुवेदी, मदन भण्डारी, रूद्र सिलवाल र चन्द्रबहादुर राई तथा टिम मेनेजर रोनक थापा सहभागी थिए ।
प्रतिकृया दिनुहोस्