हल्दिबारीमा हावाहुन्डरीले घर भत्काउँदा एकको मृत्यु

2025-05-15 मा प्रकाशित

बिर्तामोड १ जेठ । झापाको हल्दिबारीमा हावाहुन्डरीले घर भत्काउँदा एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा हल्दिबारी(५ त्रिवेणीचोक बस्ने ६५ वर्षीय मानबहादुर मगर रहेका छन् ।

हिजो राति ११ः५० बजे आएको हावाहुन्डरीले मगरको टिनको छानो भएको टाँडेघरको बिम भत्काएको थियो । सो बिमले थिच्दा मगरको मृत्यु भएको हो ।
स्थानीयबासले मगरलाई बाहिर निकालेर हेर्दा उनकने मृत्यु भइसकेको पाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु