शुप्रभामा पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न

2025-05-16 मा प्रकाशित

मेचीनग । .मेचीनगर –१५ स्थित शुप्रभा इङ्गलिस विद्या सदनले पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयका सञ्चालक अध्यक्ष केशव गिरीको सभापतित्व एवम् नेशनल प्याब्सन मेचीनगरका अध्यक्ष तथा आदर्श विद्या मन्दिरका संस्थापक प्रिन्सिपल कविन्द्र श्रेष्ठको प्रमुख आतिथ्य रहेको कार्याक्रममा पूर्व नगर शिक्षा अधिकारी उद्धव विष्ट विशिष्ट अतिथि थिए ।
सो अवसरमा विद्यालयले ६ जना शिक्षिकालाई सम्मान गर्याे । कार्यक्रमको अवसरमा विद्यालयले २०८१ मा आयोजित ECA÷Sports मा सहभागि छात्र छात्राहरुलाई ट्रफी मेडल वितरण गरेको छ । कक्षा १ देखि ३ सम्मका कक्ष प्रथम, दोस्रो र तेस्रो भएका ८४ जना छात्र छात्राहरुलाई तथा वार्षिक परीक्षामा उत्कृष्ट हुने ११ जना विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ ।


विद्यालयले नृत्य विद्यामा उत्कृष्ट ३० जना छात्र छात्रालाई समेत पुरस्कृत गर्याै । भने सम्मान कार्यक्रको अवसरमा आयोजित अभिभावकहरुको ४०० मी. दौड प्रतियोगिता र खुल्ला हाजिरीजवाफ प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हने अभिभावकहरुलाई समेत पुरस्कार वितरण गरिएको थियो ।


सो अवसरमा कार्यक्रमका प्रमुख अतिथिले श्रेष्ठले शुप्रभा इङ्गलिस विद्या सदन शिक्षा क्षेत्रमा एक अब्बल तथा अनुकरणीय संस्था बन्न सफल भएको भन्दै विद्यालयको प्रशंसा गरेका थिए । शैक्षिक उपलब्धि मात्र होइन, विद्यार्थीमा संस्कार, अनुशासन, र समर्पणको भावना विकास गर्न विद्यालयले खेलेको भूमिकाको चर्चा गरे । सो अवसरमा विशिष्ट अतिथि विष्ट, अभिभावक शान्ता कटुवाल र हेम बा. थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
शिक्षिका सपना लिम्बूले स्वागत गरेको कार्यक्रमको सञ्चालन विद्यालयका प्रिन्सिपल जीवन कट्टेलले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु