
काँकरभिट्टा । संघीय सांसद बिश्वप्रकाश शर्माले लागुऔषध दुब्र्यशनी नियन्त्रणका लागि स्थानीय सरकार, राजनीति दल, प्रशासन र पत्रकारले भुमिका खेल्न आग्रह गरेका छन् ।
स्थापना दिवसको अवसर पारेर प्रेस क्लब मेचीनगरले काँकरभिट्टामा आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै नेता शर्माले उक्त कुरा बताएका हुन् ।
शर्माले दुब्र्यशनी र ओसारपसारका घटना नियन्त्रणका लागि ठोस कार्यक्रमसहित समन्वय गर्न सुझाव दिएका थिए । उनले लागुऔषध दुब्र्यशनी बढेसँगै समाज बिथोलिने अवस्थामा पुगेको बताए ।
लागुऔषधमा फसेपछि परिवार बिखण्ड हुने र समाजम आपराधिक गतिविधि मौलाउने भएकाले सबै क्षेत्रले चासो दिन आग्रह गरेका थिए । भारत सरकारले त्यहाँका नागरिकलाई लागुऔषध किनबेच गर्न नदिने तर, नेपालका नागरिकलाई खुलेर बिक्री गर्ने गरेकाप्रती गम्भीर ध्यानाकर्षण भएको बताए ।
कार्यक्रममा प्रेस क्लबले प्रदान गर्ने पत्रकारिता पुरस्कार पत्रकार मुक्ति पौडेललाई र उदयमान पत्रकार पुरस्कारबाट किशोर उपरकोटीलाई प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद शर्मा र विशेष अतिथि गोपालकुमार अधिकारी र मेचीनगरका मेयर बुढाथोकीले पत्रकारद्वय पौडेललाई ११ हजार १ सय ११ रुपैयाँ र उपरकोटीलाई ५ हजार ५ सय ५५ रुपैयाँ राशीको पुरस्कारसहित सम्मानपत्रद्वारा पुरस्कृत गरेका थिए ।
त्यसैगरी प्रेस क्लब मेचीनगरले आफ्ना सदस्यहरुलाई निःशुल्क दुर्घटना बिमा गरेको छ । बिमा कम्पनीसँग सहयात्रा गर्दै क्लबले आफ्ना ३९ जना पत्रकारको निशुल्क बिमा गरिदिएको उक्त कार्यक्रममा जानकारी गराएको थियो ।
हरेक बर्ष नविकरण हुने गरी नेपाल माइक्रो इन्स्योरेन्स बिर्तामोडले ३९ जना २ लाख दरले ७८ लाख बराबरको दुर्घटना बीमा गरिएको प्रेस क्लबका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए । बीमा कम्पनीका बिर्तामोड शाखा प्रमुख दिपक काफ्ले र प्रेस क्लबका मेचीनगरका अध्यक्ष प्रकाश पौडेले सम्झौता पत्रमा हस्ताक्षर गरी सम्झौता गरेसंगै बीमा समेत लागू भएको सचिव प्रबिण अधिकारीले जानकारी दिए ।
कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकी, उपमेयर मिना पोख्रेल उप्रेती, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलगायतले सम्बोधन गरेका थिए ।
प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खगेन्द्र घिमिरेले स्वागत तथा प्रबिण अधिकारीले सञ्चालन गरेका थिए ।
प्रतिकृया दिनुहोस्