मेचीनगर ५ मा चामलको पापड तथा सुहाली बनाउने ५ दिवसीय तालिम सम्पन्न

2025-06-28 मा प्रकाशित

मेचीनगर । घरेलु तथा साना उद्योग कार्यालय झापाको आयोजना तथा मेची उद्योग वाणिज्य संको समन्वयमा मेचीनगर ५ मा सञ्चालित चामलको पापड तथा सुहाली बनाउने ५ दिवसीय तालिम सम्पन्न भएको छ ।
धैलाडुब्बा शिवालय मन्रिको सभाहलमा आयोजित समापन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि मेचीनगर ५ का वडाध्यक्ष कनक बहादुर कार्कीले सिकेको सीपलाई व्यवहारमा उतार्दै स्वरोजगार बन्न आग्रह गरे । उनले व्यवसायीक र संगठित सीप मुलक कार्यक्रम गर्दा त्यसले समाज रुपान्तरणमा सहयोग पुग्ने विश्वास गरे ।

सो अवसरमा मेची उद्योग वाणिज्य संघकी महिला उपाध्यक्ष निर्मला चौहान भण्डारीले सीप सिक्ने तर व्यवहरामा कार्यान्वयन नगर्ने परिपाटीले समाजलाई आर्थिक समृद्धिमा डोर्याउन नसकेको बताइन् । उनले आर्थिक समृद्धिसँग महिला जोडिए समाज रुपान्तरण हुने विश्वास व्यक्त गरिन्
घरेलु तथा साना उद्योग कार्यालय झापाका कार्यालय प्रमुख पुष्पलता उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहभागि प्रशिक्षार्थीको तर्फबाट तेजीमाया राउतले अनुभव प्रस्तुत गरिन् । तालिमको सहजीकरण शान्ती चौधरीले गरेर.थिइन् ।
तालिममा सहागिअरुलाई प्रमुख अतिथि एवम् अतिथिहअरुले प्रामाण पत्र वितरण गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु