
2025-06-30 मा प्रकाशित
मेचीनगर । एसईई परीक्षा २०८१ मा मेचीनगरका दुई छात्राले ४ जिपीए प्राप्त गरेका छन् ।
दुबै विद्यार्थी संस्थागत विद्यालयका हुन् ।
मेचीनगर–९, खुट्टिडाँगीस्थित पारिजात पब्लिक स्कूलकी नुब्सा लिम्बु थलङले ४ जिपीए प्राप्त गरेको विद्यालयका प्रिन्सिपल बिनोद प्रधानले बताए ।
मेचीनगर–९ की नुब्सा अध्ययनसँगै हरेक क्षेत्रमा एक अब्बल प्रतिभा रहेको प्रिन्सिपल प्रधानले बताए । पारिजात स्कूलले सहभागी ४० मध्ये ४० नै ग्रेडेड हुँदै शतप्रतिशत नतिजा हात पारेको छ ।
त्यस्तै धुलावारीस्थित इष्ट होराइजन अंग्रेजी माविकी छात्रा अन्वेषा श्रेष्ठले समेत ४ जिपीए प्राप्त गरेको विद्यालयका संस्थापक÷प्रिन्सिपल सञ्जिव राईले बताए । एसईई २०८१ मा इष्ट होराईजनको नतिजासमेत शतप्रतिशत छ ।
एसईई २०८१ मा मेचीनगरका १७ सामुदायिक तथा ३८ संस्थागत विद्यालयका २ हजार १३९ जना सहभागी थिए ।
प्रतिकृया दिनुहोस्