भद्रपुरमा अपाङ्गता रोकथाम तथा पुनःस्थापनाको कार्यक्रम प्रभावकारी भएको निश्कर्ष

2025-07-02 मा प्रकाशित

भद्रपुर । झापाको भद्रपुर नगरपालिकामा मंगलबार अपाङ्गता रोकथाम तथा पूनःस्थापना कार्यक्रमको पालिका स्तरीय, समिक्षा बैठक तथा लेखा जोखा कार्यक्रम सम्पन्न भएको छ ।
सामाजिक विकास साखाको आयोजनामा सञ्चालित कार्यक्रममा सहभागी वक्ताहरुले अपाङ्गता रोकथाम तथा पुनःस्थापनाको निम्ति त्रिपक्षीय सम्झौता अनुसार पालिकामा प्रभावकारी कार्यक्रम सञ्चालन भइरहेको र आगामी दिनमा अझ ग्रामीण क्षेत्रमा पुगेर अपाङ्गता भएका व्याक्तिहरुको जीवन बदल्ने अभियान सञ्चालन गर्न सुझाएका थिए ।
सो अवसरमा सहभागिहरुले अपाङ्गताका बिभिन्न प्रकृति हुने भन्दै सबै खाने अपाङ्गतालाई एउटै दृष्टिले नहेर्न आग्रह गरे । उनीहरुले अन्धोपन समस्या भोगिरहेका, स्पाइनल कर्डको सास्याले थलिएका व्याक्तिहरुकोलागि समेत कार्यक्रम ल्याउन आग्रह गरेका थिए ।
सामाजिक विकास समिति संयोजक सिता गुरागाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले अपाङ्गता भएका व्याक्तिहरुलाई अरु नागरिक सरह समाजमा स्थापित गर्दै नेतृत्वदायी भूमिकामा नगरपालिका अगाडि बढेको बताए । ‘भद्रपुर नगरपालिका अपाङ्गता भएका व्याक्तिहरुको जीवन निर्वाहलाई सहज बनाउने अभियानमा छ,’ उनले भने, ‘अपाङ्गता भएका व्याक्ति अरु भन्दा फरक क्षमताको हुनु हुन्छ त्यसैले उहाँहरुको आवश्यक्तालाई ध्यान दिएर हौसला र उत्साह प्रदान गर्दै हामी सिंगो समाजमा जोड्ने छौं ।’ आगामी दिनका कार्यक्रमलाई थप प्रभावकारी बनाइने उनले बताए ।


कार्यक्रममा करुण फउण्डेसनका म्यानेजर सन्तोष सुनुवार , भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, लगायतले बोलेका थिए ।
कार्यक्रमको सहजीकरण सामाजिक शाखा प्रमुख जीवनकला राउतले गरेकी थिइन् । उनले भद्रपुर पालिकामा करुणा फाउन्डेसन, कोशी प्रदेश सरकार र भद्रपुर नगरपालिका बीच भएको  त्रिपक्षिय संझौता अनुसार कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन भएको बताइन् । उनले हालसम्म सम्पन्न गरिएका कामहरुको प्रस्तुतीकरण समेत गरेकी थिइन् ।
कार्यक्रमको सञ्चालन समाजिक शाखाको सहज कर्ता नरेन्द्र प्रधानले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु