एसईईमा पारिजातकी नुब्साले ल्याइन ४ जीपिए, विद्यालयले गर्याे सम्मान

2025-07-02 मा प्रकाशित

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१ सालको एसईईमा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । सो स्कूलकी छात्रा नुब्सा थलङले एसईईमा चार जीपिए ल्याउन सफल भइन् । चार जीपिए ल्याएर विद्यालयको गरिमा उच्च बनाएको भन्दै विद्यालयले नुब्सा थलङसहित एसईईमा उत्तीर्ण ४० जना विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयका प्रिन्सिपल विनोद श्रेष्ठले विद्यार्थीहरुको उज्वल भविश्यको कामना गर्दै टिकार खादा लगाएर सम्मान गरेका थिए ।

२०८१ सालको एसइई परीक्षामा पारिजातबाट सहभागी २२ जना विद्यार्थीले ३.६ देखि ४ जीपिए ल्याएर उतीर्ण भएका छन् । यस्तै, ३.२ देखि ३.६ जीपिए ल्याएर १५ जना विद्यार्थी पास भएका छन् भने २.८ देखि ३.२ जीपिए ल्याएर ३ जना विद्यार्थी उत्तीर्ण भएको विद्यालय प्रशासनले जनाएको छ ।

चार जीपिए ल्याएउन सफल विद्यालयकी छात्रा नुब्सा थलङले आत्मबलका साथ पढाइमा ध्यान दिनसके नतिजा उत्कृष्ट ल्याउन सकिने प्रतिक्रिया दिइन् ।

विद्यालयका प्रिन्सिपल बिनोद श्रेष्ठले एसइईको नतिजाले विद्यालय परिवार गौरवान्वित बनेको बताए । उनले विद्यार्थीको मेहनत, शिक्षकको लगनशीलता तथा अभिभावकको विश्वासका कारण उत्कृष्ट नतिजा ल्याउन सफल भएको प्रतिक्रिया दिए । एसईई नतिजा आएसँगै पारिजात स्कूलको शैक्षिक क्षेत्रमा सर्वत्र चर्चा समेत चुलिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु