
2025-07-05 मा प्रकाशित
बिर्तामोड । झापाको भद्रपुरमा पौडी खेल्ने क्रममा डुबेर एकजना बालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा भद्रपुर(२ महारानीचोक बस्ने अर्जुन लिम्बूको छोरा १३ वर्षीय अर्पण लिम्बू रहेका छन् ।
आज दिउँसो ३ बजे भद्रपुर(३ स्थित देउनिया खोला र मेची खोलाको दोभानमा साथीहरुसँग पौडी खेल्न गएको लिम्बू डुबेर बेपत्ता भएका थिए । स्थानीय प्रहरी चौकी किच्चकबधको प्रहरी टोली र स्थानीयबासीहरुको सहयोगमा खोजतलास गर्दा ४ः२५ बजे लिम्बूको शव भेटिएको थियो ।
प्रतिकृया दिनुहोस्