चारआली । देउनीया खोलाको किनारमा अवस्थित दाहासंस्कार स्थलमा बिर्तामोड नगरपालिकाले फोहोर फालेर अवरोध पुर्याएपछि स्थानीयहरु आक्रोशी बनेका छन् ।
करिव तीन दशकदेखि ’शव दाहसंस्कार’ अन्त्येष्टि कर्म गर्ने सार्वजनिक स्थान बिर्तामोड नगरपालिकाले आफुखुसी फोहोर फालेपछि आक्रोशित बनेका सरोकारवालाले सम्बन्धित निकायमा कार्वाहीको माग समेत गरेका छन् ।
मेचीनगर–१३ स्थित देउनीया खोला छेउ दक्षिणपट्टी स्थानीयले बिगत ३२ वर्षदेखि दाहासंस्का गर्दै आएका छन् । आर्थिक अवस्थाका कमजो भएका परिवारका सदस्यको निधनपछि अन्तिम संस्कार गर्न शव देउनीया घाटमा पुर्याउने चलन छ । नियमित जसो आउने शवको अन्त्येष्टि गरिने भएकाले स्थानीय दाताले मलामी टहरासमेत बनाइदिएका छन् । उक्त घाटस्थलमा नगरपालिकाले फोहोर फालेर दाहासंस्कार स्थल नै नष्ट गरिदिएपछि स्थानीय तथा मेचीनगर १३ का वडाध्यक्ष कृष्णराज सिक्देलले पत्रकार सम्मेलन गराएर त्यस कार्यको चर्काे विरोध गरेका छन् ।
पत्रकार सम्मेलनमा हरियाली सामुदायिक वनका अध्यक्ष जगतकुमार राई, मेची सब डिभिजन वन कार्यालयका प्रमुख सुरज निरौलालाई लगायतको सहभागिता थियो ।
वडाध्यक्ष सिक्देलले पर्यावरण, वातावरण, वनस्पति, जलस्रोत र भुगर्भको हिसाबले र वातावरण अध्ययनपछि आईई र इआइए परीक्षण समेत नभएको र सम्बन्धित नगरपालिकाले मेचीनगरलाई समेत जानकारी नगरेकाले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको बताए । उनले सो स्थाललाई शवदाह गृहको रुपमा ब्यवस्थापन दाताबाट आर्थिक सहयोग जुटिसकेकाले शवदाह गृह निर्माण गर्ने बताए । शवदाह निर्माणपछि मेचीनगर–१३ को आर्थिक सहयोगमा निःशुल्क अन्त्येष्टि गरिने जानकारी दिए ।
त्यस्तै मेची सव डिभिजन वन कार्यालयका प्रमुख सुरज निरौला स्थानीय तहलाई फोहोर ब्यवस्थापनका लागि जमिन आवश्यक परेको खण्डमा डिभिजन वनसमक्ष भुउपयोगको माग गर्नुपर्ने र वनको भूगोल मेचीनगरकै रहेकाले सम्बन्धित नगरसँग समन्वय नगरी फोहोरमैला फाल्नु कानुनसम्बन्धि अनियमित कार्य रहेको बताए । उनले बिर्तामोड नगरपालिकालाई तत्काल पत्रचार गरेर स्पष्टीकरण माग गर्ने जानकारी दिए ।
हरियाली सामुदायिक वन समुहका अध्यक्ष जगतकुमार राईले बिर्तामोड नगरपालिकाले सामुदायिक वनसँग समन्वय नै नगरी फोहोर मैला फालेकाले आगामी दिनमा समितिले कडाइ गर्ने बताए । उनले ३२ वर्षयता तत्कालीन शनिअर्जुन, गरामनी, दुवागढी, धाइजन गाबिसभित्र कसैको निधन हुँदा देउनीया खोलामा शवको अन्तिम संस्कार गरिँदैआएको छ । हाल प्रायः कमजोर आर्थिक अवस्थाका परिवारका सदस्यको शवको अन्त्येष्टि गरिँदै आएको छ ।
उता बिर्तामोड वडा नम्बर–६ का वडाध्यक्ष सुर्यप्रसाद कन्दङ्वाले शवदाह स्थलमा फोहोर फालेर आफ्नो वडाले गलत काम गरेको स्वीकार गरेका छन् । उनले आगामी दिनदेखि त्यस्तो त्यहाँ फोहोर नफाल्ने फोनमा प्रतिबद्धता जाहेर गरे ।

प्रतिकृया दिनुहोस्