मेचीनगर ५ स्थित राममन्दिर टोलमा सडक सरसफाइ अभियान

2025-09-20 मा प्रकाशित

सुरेन्द्रनगर मेचीनगर ५ स्थित राममन्दिर टोलका युवाहरु पछिल्लो समय टोल क्षेत्रको सरसफाइ अभियानमा जुटन् थालेका छन् । नेपालीहरुको महानचाँड दसै नजिकिएसँन्गै युवाहरु आफा्नो टोल क्षेत्रका सडक सरसफाई अभियानमा जुट्न थालेका हुन् । अघिल्लो साताबाट सुरु भएको अभियान शनिबार असोज ४ गते पनि चल्यो ।
शनिबार सरसफाइ अभियानमा राममन्दिर टोलका प्रत्येक घरबाट १,१ जना हँसिया, तथा सिक्कल लिएर सरसफाइ अभियानमा जुटेका थिए । अघिल्लो साता मुख्य सडक सरसफाइ गरेका वडाबासीले आज भित्री सडक सरसफाइ गरेको श्री सीताराम मन्दिर संरक्षण समितिका उपाध्यक्ष भवानी प्रसाद गुरागाईले जानकारी दिए । सडक किनारामा झोडि बढेको छ,, रुखका हाँगाहरुले बिजुलीको तार छुने अवस्था छ, त्यसैले हामी आफ्नो टोललाई सुन्दर बनाउन अभियानमा छौं,’ उनले भने ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु