बोर्डरल्याण्ड दैनिक दोस्रो वर्षमा

2025-11-08 मा प्रकाशित

मेचीनगर । झापाको मेचीनरबाट प्रकाशन हुँदै आएको बोर्डरल्याण्ड दैनिक दोस्रो वर्षमा प्रवेश गरेको छ ।
बोर्डरल्याण्ड सञ्चार प्रकाशन पालिले शुक्रबार धुलाबारी स्थित मेची उद्योग वाणीज्य संघको सभाहलमा एक कार्यक्रमको आयोजना गरेर पहिलो वार्षिकोत्सव मनाएको हो ।
सो अवसरमा वक्ताहरुले राज्यका अंगहरुलाई व्यवस्थित बनाउन खवरदारी गर्नेदेखि समाजका विकृति विसंगतिको विरुद्धमा सधैं आवाज बुलन्द गर्ने कार्यमा सञ्चार क्षेत्र कृयाशिल हुनुपर्नेमा जोड दिइएका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गलत गतिविधिलाई चिरफार गर्न बोर्डरल्याण्ड दैनिकको निरन्तरता हुन आवश्यक भएको बताएका थिए ।
जेनजी आन्दोलनपछि समाज त्रसित अवस्थामा रहेको बताउँदै नगर प्रमुख बुढाथोकीले गलतलाई यस मानेमा गलत हो भनेर समाचारमै उल्लेख गर्न समेत सञ्चारकर्मीलाई आग्रह गरेका थिए । उनले मेचीनगरलाई कानूनी रुपमै व्यवस्थित गरेर लैजाने जानकारी दिए ।
पत्रिकालाई शुभकामना दिँदै बुढाथोकीले प्रविधिको जमानामा छापा पत्रिका टिक्न चुनौतिपूर्ण रहेकोले सबै मिलेर टिकाउने पक्षमा लाग्नु पर्नेमा जोड दिए । उनले गलत गरे सुझाव दिन र राम्रो काम गरेको छ भने सञ्चार क्षेत्रले पनि प्रोत्हसान गर्नुपर्नेमा जोड दिएका थिए ।


कार्यक्रमको अवसर प्रकाशन प्रालिले बिर्तामोड क्षेत्रमा पत्रिका वितरण गर्दै आएका कुमार श्रेष्ठलाई नगदसहित सम्मान गरेको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी, मेचीनगर–७ का वडाध्यक्ष प्रलादमणि ओली, जनता समाजवादी पार्टीका नगर अध्यक्ष धनबहादुर राई प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेल, पत्रकारहरु सन्तोष आचार्य, ज्ञानेन्द्र निरौला, राजेन्द्र गौतम, पर्वत पोर्तेलले लगायतले बोलेका थिए ।
प्रकाशन समूहका अध्यक्ष भीम कुँवरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।प्रकाशन समूहका सञ्चालक सदस्य कमल गौतमले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रकाश उप्रेतीले गरेका थिए ।
सो अवसरमा प्रधान सम्पादक झुलन रेग्मीले कार्यक्रमको औचित्य र पत्रिकाको अवस्थाको बारे प्रकाश पारेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु