युथ फोर सोसाइटीद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

2025-12-10 मा प्रकाशित

मेचिनगर २४ मंसिर । युथ फोर सोसाइटी मेचिनगर–१५ ले बुधबार ज्ञानदीप प्राथमिक विद्यालयमा अध्ययनरत् विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

जाडोमा बालबालिकाले सहज रूपमा विद्यालयमा पठनपाठन गर्न सकुन् भन्ने उद्देश्यका साथ सोसाइटीले कक्षा १, २ र ३ मा अध्ययनरत ३५ जनालाई विद्यार्थीलाई स्वीटर वितरण गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन राजबंशी र प्रधानाध्यापक अन्नु पौडेलको उपस्थितिमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको थियो । उक्त अवसरमा विद्यालयका शिक्षक–शिक्षिका, युथ फोर सोसाइटी मेचीनगरका संयोजक जयराम दाहाल लगायत पदाधिकारीहरु खिरोज बराल (कोषाध्यक्ष) आयुस्का श्रेष्ठ (सचिव), स्मृति राउत (कोषाध्यक्ष), दीक्षा साह (उपकोषाध्यक्ष) तथा मनिसा बुढाथोकी (सदस्य) सहभागी थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु