मेचीनगर । नेशनल प्याब्सन मेचीनगरको आयोजनामा मंगलबार पाँचौँ मेचीनगर स्तरीय अन्तर–विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
मेचीनगर–४, बाहुनडाँगी स्थित अंशु एकाडेमीको प्राङ्गणमा भब्यरुपमा कार्यक्रम सम्पन्न भएको हो ।
विद्यार्थीहरूको अभिव्यक्ति क्षमता, आत्मविश्वास तथा बौद्धिक विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा मेचीनगर नगरक्षेत्रभित्रका १२ वटा विद्यालयका विद्यार्थीहरूको उल्लेख्य तथा उत्साहजनक सहभागिता रहेको थियो । प्रतियोगिता नेपाली र अंग्रेजी माध्यम अन्तर्गत सिनियर र जुनियर गरी चार विधामा सञ्चालन गरिएको थियो ।
नेशनल प्याब्सन मेचीनगरका अध्यक्ष कविन्द्र श्रेष्ठको सभापतित्व तथा मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि कार्कीले वक्तृत्वकला प्रतियोगिताले विद्यार्थीहरूमा बोल्ने कला, नेतृत्व क्षमता र आत्मविश्वास विकास गर्न महत्वपूर्ण योगदान पु¥याउने बताए । उनले विद्यार्थीहरुलाई स्वास्थ्य प्रति सजग गराउँदै जंक फुडको प्रयोग कम गरी स्वस्थ जीवनशैली अपनाउन आग्रह समेत गरे ।
प्रतियोगितामा नेपाली सिनियर तर्फ आदर्श विद्या मन्दिरकी प्राश्ना शिवाकोटी प्रथम भइन् । द्वितीय पुरस्कार सनसाइन अंग्रेजी माविकी भुमिका पौड्यालले हात पारिन् । त्यसैगरी पशुपति इङ्लिस बोर्डिङ स्कुलकी छात्रा अंशु ढकालले तेस्रो पुरस्कार हात परिन् ।

नेपाली जुनियर तर्फको प्रतिष्पर्धामा सनसाइन अंग्रेजी मा.विकी ईशान बराल प्रथम, माँ सरस्वती एजुकेसन फाउन्डेसनकी आदित्य शिवाकोटी दोस्रो र सूर्योदय अंग्रेजी मा.विका सनम पौडेल तेस्रो विजेता बने ।
अंग्रेजी सिनियर तर्फको प्रतिष्पर्धामा पशुपति इङ्लिस बोर्डिङ स्कुलकी दक्षिणा बस्नेत प्रथम, अंशु एकाडेमीकी अंकिता पोख्रेल दोसो तथा सनसाइन अंग्रेजी मा.विकी अभिसा भट्टराई तेस्रो घोषित भइन् ।
त्यसैगरी अंग्रेजी जुनियर तर्फ दन्तकाली अंग्रेजी माविकी ज्ञानु बराल प्रथम, सनसाइन अंग्रेजी मा.विका सुवर्ण श्रेष्ठ दोस्रो तथा माँ सरस्वती एजुकेसन फाउन्डेसनकी अञ्जली अधिकारी तेस्रो घोषित भइन् ।
कार्यक्रममा खेलकुद संयोजक गणेश काफ्लेले सहभागी विद्यार्थीहरूले उत्कृष्ट प्रस्तुति दिएको भन्दै विद्यार्थीहरुलाई हौसला प्रदान गरे । प्रयोगिताका निर्णायकको भूमिकामा त्रिदेव बहुमुखी क्याम्पस, चारालीका प्राध्यापकद्वय हरि प्रसाद न्यौपाने र इन्द्र प्रसाद उपाध्याय रहेका थिए ।
सो अवसरमा कार्यक्रम सफल पार्न महत्पूर्ण भूमिका निर्वाह गरेको भन्दै कार्यक्रमका सभापति तथा नेशनल प्याब्सन मेचीनगरका अध्यक्ष कविन्द्र श्रेष्ठले सहभागि सिंगो टिमलाई धन्यवाद ब्यक्त गरे ।
शान्तिपथ अंग्रेजी विद्यालयका प्रिन्सिपल अमृत प्रधानले स्वागत गरेको कार्यक्रमको सञ्चा लन समितिका सचिव जीवन कट्टेलले गरेका थिए ।

प्रतिकृया दिनुहोस्