शिक्षासेवी तथा धार्मिक ब्याक्ति शिवप्रसाद बरालको निधन

2025-12-31 मा प्रकाशित

कनकाई । कनकाई – ३ निवासी शिक्षासेवी तथा धार्मिक व्याक्ति शिवप्रसाद बरालको ८६ वर्षको उमेरमा मंगलबार असामयिक निधन भएको छ ।
विगत केही महिनादेखि स्वास्थयमा बिभिन्न समस्या भएपछि उहाँ थलिनु भएको थियो । उहाँको निजी निवासमा निधन भएको परिवारले जनाएको छ । ताप्लेजुङ स्थित खेजेनिममा बुवा रविचन्द्र र आमा लिलादेवीको जेठो सुपुत्रको रुपमा १९९६ सालमा जन्मनु भएका  बरालले उच्च शिक्षा हाँसिल गरेसँगै तात्कालिन समयमा स्थानीय खेजेनिम प्राविमा प्रधानाध्यापकको जिम्मेवारीमा रहेर १६ वर्षसम्म शिक्षण पेशमा कार्यतर रहनु भएको थियो ।
२०३६ सालमा बसाई सरेर झापा जिल्लाको साविक सुरुङगा गाउँ पञ्चायत स्थित  जमुनबारीलाई कर्मथलो बनाउँदै आउनु भएका बराल पछिल्लो समय हाल कनकाई नगरपालिका वडानम्बर ३ मा स्थायी बसोबास गर्दै धार्मिक तथा सामाजिक क्षेत्रमा समेत सक्रिय हुनु हुन्थ्यो ।
स्व. बरालको श्रीमती इन्द्रकला बराल, दुई छोरा युवराज, र टिकाराम तथा तीन छोरीहरु तुलसा रुपा  र विमला रहेका छन् ।
जेठा छोरा युवराज समेत धार्मिक तथा व्यवसायिक क्षेत्रमा सक्रिय  हुनु हुन्छ भने कान्छा छोरा टिकाराम राजनीतिक क्षेत्र सँगै व्यवायिक क्षेत्रमा क्रियाशिल हुनु हुन्छ । कान्छा छोरा टिकाराम राप्रपा झापाका जिल्ला सदस्य समेत हुनु हुन्छ ।
स्व. बरालको मंगलबार नै पवित्र धार्मिक स्थल कनकाई घाटमा दाहासंस्कार गरिएको परिवारले जनाएको छ । उहाँको निधनले बराल परिवारमा अपुरणीय क्षति पुगेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु