नेपाल पत्रकार महासंघ झापा शाखाका कोषाध्यक्ष पत्रकार मुक्ति पौडेललाई पितृ शोक

2026-01-01 मा प्रकाशित

मेचीनगर । नेपाल पत्रकार महासंघ झापा शाखाका कोषाध्यक्ष एवं मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष पत्रकार मुक्ति पौडेललाई पितृ शोक परेको छ ।

पौडेलका पुजनीय पिता चन्द्रबहादुर पौडेलको ८८ वर्षको उमेरमा हिजो बुधबार राती १०ः३० बजेको समयमा मेचीनगर १०, काकडभिट्टास्थित निजी निवासमा निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।

वि.सं १९९५ मंसिर १९ गते तत्कालीन यासोक (हाल कुमायक–), पाँचथर मा पिता दल बहादुर पौडेल र माता यशोदा पौडेलको कान्छो सुपुत्रका रूपमा जन्मिएका स्व.पौडेल एक निष्ठावान एवं स्थानीयस्तरका एक सम्मानित जेष्ठ नागरिकका रुपमा स्थापित व्यक्तित्व हुन् । बुबाको निधनले पौडेल परिवार एवं समाजलाई अपूरणीय क्षति पुगेको छ ।
स्व.पौडेलको आज बिहिबार बिहान १०ः३० बजे स्थानीय मेची नदिमा दाहसंस्कार गरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु