परीक्षाको नतिजा १८ गतेभित्रप्रकाशित हुन्छ– अध्यक्ष राई

2020-04-28 मा प्रकाशित

 

मेचीनगर,१६ बैशाख । मेचीनगर नगरपालिकाले नगरका विद्यालयहरुलाई कक्षा ८ वाहेक १ देखि ९ कक्षा सम्मको परीक्षाको नतिजा यहि १८ गतेभित्र प्रकाशित गर्न निर्देशन गरेको छ । नगरपालिकाको शिक्षा शाखाले आइतबार नगरका सबै विद्यालयहरुलाई १८ गतेभित्र कक्षा ८ वाहेक १ देखि ९ कक्षा सम्मको परीक्षाको नतिजा प्रकाशित गर्न निर्देशन गरेको हो ।

१८ गतेभित्र कक्षा ८ वाहेक १ देखि ९ कक्षा सम्मको परीक्षाको नतिजा प्रकाशित गर्नका लागि केही समस्या भएपनि नगरले दिएको निर्देशन पालना गर्न लागि परिएको एन प्याब्सन मेचीनगरका अध्यक्ष भगिरथ राईले बताए । ‘परीक्षाको नतिजा प्रकाशित गर्नका लागि केही समस्या छन् ।

ती समस्याको समाधान गरेर नगरले दिएको समयसिमा भित्र परीक्षाको नतिजा प्रकाशित गर्न एन प्याब्सन लागि परेको छ ।’ एन प्याब्सन मेचीनगरका अध्यक्ष भगिरथ राई भने– नगर को निर्देशन लाई सम्मान गर्दै रिजल्ट तयारीमा हामी जुट्ने छौ ।’

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु