मेचीनगरमा माझी समुदायको भाषा–संस्कृति संरक्षणसम्बन्धी प्रशिक्षण सम्पन्न

2026-05-20 मा प्रकाशित

मेचीनगर । माझी समुदायको भाषा, साहित्य कला तथा संस्कृति संरक्षण गर्ने उद्देश्यले नेपाल माझी उत्थानसंघ मेचीनगरको आयोजनामा शनिबार एक दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
मेचीनगर ८ स्थित दुर्गामन्दिर टोलमा आयोजित प्रशिक्षण कार्यक्रममा १०० बढी माझी समुदायको सहभागिता रहेको थियो । तालिममा सहभागिहरुलाई नेपाल माझी उत्थानसंघ केन्द्रीय उपाध्यक्ष कृष्ण बहादुर माझी र केन्द्रीय सह–कोषाध्यक्ष श्रृजना माझीेले प्रशिक्षण दिएका थिए ।


नेपाल माझी उत्थानसंघ मेचीनगरका अध्यक्ष सन्तलाल माझीको सभापतित्व तथा मेचीनगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि उप्रेतीले सबै जातजातिको भाषा संस्कृतिको संरक्षणमा स्थानीय सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
कार्यक्रममा मेचीनगरपालिकाका सामाजिक विकास संयोजक हृदयराजवंशी, मेचीनगर ८ का वडाध्यक्ष गिरीराज धमला, वडासदस्य द्वय मनकुमारी गिरी, विष्णु्‌कुमार भट्टराई, नेपाल माझी उत्थानसंघ झापा जिल्ला महिला समिति अध्यक्ष पदममाया माझी, नेपाल माझी उत्थान संघ शिवसताक्षि नगरसमिति अध्यक्ष राजकुमार माझी लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमका सभापति सन्तलाल माझीले कार्यक्रमको औचित्य प्रकाश पार्दै यस किसमको प्रशिक्षणले माझी समुदायको भाषा,कला तथा संस्कृतिको संरक्षणमा टेवा पुग्ने बताए । उनले तालिममा सिकेका कुराहरुलाई सबैले कार्यान्वयन गर्न आग्रह समेत गरे ।
कार्यक्रमको सञ्चालन समितिका सचिव प्रभु माझीले गरेका थिए । मेचीनगरपालिकाको सामाजिक विकास शाखाको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु