एसइइमा शतप्रतिशत नतिजा ल्याउने ग्यालेक्सीका विद्यार्थीलाई सम्मान

2026-05-21 मा प्रकाशित

बिर्तामोड । गत वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा सहभागी झापाको भद्रपुर–९ मा रहेको ग्यालेक्सी इङलिस स्कुलले २०८२ मा शतप्रतिशत नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ ।

आज विद्यालयमा एक कार्यक्रमको आयोजना गरेर भद्रपुर नगरमा एसइइमा शतप्रतिशत विद्यार्थी ग्रेडेड गराउने ग्यालेक्सी २३ जना विद्यार्थीलाई सम्मान गरेको हो । २०८१ को एसइइमा पनि ग्यालेक्सी नगरकै उत्कृष्ट भएको थियो । विद्यालयको हलमा आयोजित कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समिति र प्रशासनले उनीहरुलाई सम्मान गरेको हो । ग्यालेक्सीबाट २३ जनामध्ये २३ जना नै ग्रेडेड भएका छन् ।

व्यवस्थापन समितिका सदस्य रोनक वंशलको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा सञ्चालकहरु सुनिल घिमिरे, नितेश अग्रवाल लगायतले विद्यार्थीलाई सम्मान गरेका थिए । प्लस टुका प्रिन्सिपल देवीप्रसाद सुवेदीले स्वागत गरेको कार्यक्रमको सञ्चालन विद्यालय संयोजक लक्ष्मण नेपालले गरेका थिए । कार्यक्रममा भद्रपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख पवित्रा ढकाल, प्राध्यापक कृष्णकुमार मैनाली, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, विद्यार्थी सिर्जन तामाङले शुभकामना व्यक्त गरेका थिए ।

२०७४ सालदेखि नयाँ व्यवस्थापनले सञ्चालन गर्दै आएको ग्यालेक्सी भद्रपुर नगरको उत्कृष्ट र सफल विद्यालय हो । पढाइसँगै अतिरिक्त क्रियाकलापमा अब्बल रहँदै आएको ग्यालेक्सीले गत शैक्षिकसत्रदेखि कक्षा ११ को अध्ययन सुरु गर्न लागेको हो । प्याब्सन तथा अन्य प्रतियोगिताहरुमा उत्कृष्ट नतिजा निकाल्दै आएको भद्रपुर(९ प्रणामी टोलमा रहेको विद्यालयमा फुटबल, क्रिकेट, भलिबल, बास्केटबलका लागि आफ्नै खेल मैदान रहेको विद्यालयका सञ्चालक सुनिल घिमिरेले बताए ।

विद्यालयमा स्काउटका साथै नृत्य र संगीतका कक्षाहरु सञ्चालनमा रहेका छन् । कक्षा ५ र ८ को रिजल्टमा भद्रपुर नगरकै उत्कृष्ट नतिजा ल्याउन सफल ग्यालेक्सीमा भौतिक रुपमा सुविधा सम्पन्न भवन र कक्षाकोठा रहेको सञ्चालक चम्लागाईंले बताए । साढे छ बिघा क्षेत्रफलमा रहेको विद्यालयमा विद्यार्थीको सुविधाका लागि प्रत्येक कक्षाकोठामा एसी जडान गरिएको छ । प्रिप्राइमेरीका लागि छुट्टै खेल्ने ठाउँको व्यवस्था गरिएको छ ।

बालमैत्री वातावरणमा पढाइ हुने विद्यालयले विद्यार्थीको सुविधाको लागि मेचीनगरका धाइजन, चारआली, ज्यामिरगढी र धुलाबारीसम्म बसको व्यवस्था गरेको छ । त्यस्तै, भद्रपुरका चन्द्रगढी र ज्ञानेचोकसम्म विद्यालयको बस जानेआउने गरेको छ । विद्यालयका सञ्चालक तथा भाइस प्रिन्सिपल विवेक चम्लागाईंका अनुसार विद्यालयमा कक्षा ११ मा कम्प्युटर साइन्स तथा बिजनेस स्टडिज विषयमा कक्षाहरु गत वर्षदेखि सञ्चालन हुँदै आएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु