एनएमसीको सेवा हप्ताको पाँच दिन

2020-04-28 मा प्रकाशित

मेचीनगर, १६बैशाख÷मेचीनगर–६ काँकरभिट्टामा प्रधान कार्यालय रही झापा जिल्लाभर ३८ वटा कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी)ले हप्ताको ५ दिन सेवा प्रवाह गर्न थालेको छ ।

सरकारले लकडाउन घोषणा गरेयता हप्ताको ३ दिन आइतबार, मंगलबार र बिहीबार सेवा प्रदान गर्दै आएको एनएमसीले आजबाट आइतबारदेखि बिहीबारसम्म आफ्ना कार्यालयहरु खुला गर्ने निर्णय गरेको छ ।

आइतबार संस्थाको प्रधान कार्यालयमा बसेको पदाधिकारी समितिको बैठकले सदस्यहरुलाई सेवा प्रदानका लागि कार्यदिनमा वृद्धि गर्ने निर्णय गरेको हो । विपन्न परिवारका लागि जिल्लाभरका स्थानीय निकाय मार्फत संस्थाले ३४ हजार किलो चामल राहत प्रदान गरेको छ भने संस्थाले सापटी स्वरुप आफ्ना विपन्न सदस्यलाई ५ हजार सापटीको पनि व्यवस्था गरेको छ ।

एनएमसीले बैङ्किङ व्यवसाय बाहेक डेरी उद्योग, एकीकृत नमुना कृषि फर्म र सहकारी पसल व्यवसाय सञ्चालनमा ल्याएको छ । बैङ्किङ व्यवसायसँगै अन्य सबै व्यवसायबाट संस्थाले निरन्तर सेवा प्रदान गर्दै आइरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु