बाह्रदशी गाउँपालिकामा ५६ जना नेपाली कांग्रेसमा प्रवेश

2020-12-02 मा प्रकाशित

बाह्रदशी । झापाको बाह्रदशी गाउँपालिकामा ५६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।बुधबार एक कार्यक्रमकाबीच नेपाल कम्युनिष्ट पाटी नेकपा र राप्रपा परित्याग गरी उनीहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।
पाटी सभापति उद्धव थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रमकाबीच कमल राई, टेकवहादुर गजमेर, रञ्जित राई, भुपेन्द्र वस्नेत, गोविन्द अर्याल, सविता कार्की, निर्मला घिमिरे लगायत ५६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई पार्टी सभापति थापाले टीका र अविर लगाउदै पाटी सदस्यता प्रदान गर्नु भएको थियो ।
पाटीको विधि र विधानको विषयमा समेत जानकारी गराउँदै नव प्रवेशीलाई स्वागत गर्नु भएका थापाले झापामा मात्र होइन अहिले देशभर नै विभिन्न पाटी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेको संख्या वढी रहेको बताउनुभयो ।
नेपाली कांग्रेस आफैंमा लोकतान्त्रिक पाटी भएकाले यसले सबैलाई समान रुपले हेर्ने उहाँको भनाई थियो ।
बाह्रदशी गाउँपालिका – ५ का पाटी सभापति तुलसी खरेलको सभापतित्वमा भएको कार्यक्रममा पाटीका महासमिति सदस्य भगीरथ पोदार, क्षेत्रीय सभापति नवीन विमली, भूपाल वस्नेत लगायतले बोल्लु भएको थियो ।
कार्यक्रमको सञ्चालन वाह्रदशी गाउँपालिका सभापति ओमप्रकाश गौतमले गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु