बाहुनडाँगी जेसीजको अध्यक्षमा बराल

2021-01-09 मा प्रकाशित

बाहुनडाँगी २५ पुस।बाहुनडाँगी जेसीजको अध्यक्षमा दिपक बराल निर्वाचित भएका छन् ।
शुक्रबार सम्पन्न जेसीसको साधारण सभाले निर्वाचन प्रक्रिया मार्फत बर्ष २०२१ का लागि अध्यक्षमा बराललाई चयन गरेको हो । जेसीसको अध्यक्ष पदमा पत्रकार देबु बानियाँ र दिपक बरालबिच चुनावी प्रतिस्पधा भएको थियो ।
अध्यक्ष चयनका लागि भएको मतदानमा अध्यक्षमा निर्वाचित बरालले १९ मत र अर्का प्रतिस्पर्धी बानियाँले १३ मत प्राप्त गरेका थिए ।
अन्तिम समयसम्म पनि सहमति जुट्न नसके पछि जेसीजको नेतृत्व चयनमा पत्रकार बानियाँ र बराल बिच चुनावी प्रतिस्पर्धा भएको थियो ।
बर्ष २०२१ का लागि दुई जना कार्यकारीणी उपाध्यक्ष र ४ जना उपाध्यक्षहरु सर्बसम्मत चयन भएका छन्।
कार्यकारीणी उपाध्यक्षमा किशोर भट्टराई र अनिस काफ्ले उपाध्यक्षहरुमा निर्मला प्रधान, सुभेक्षा कार्की, अशेष थापा र न्यूटन कार्की चयन भएको जेसीजका निर्वाचन अधिकृत कञ्चन उप्रेतीले जानकारी दिए ।युवा ब्यवशायीका साथै सामाजिक सेवा तथा राजनितिमा समेत सक्रिय रहेका बराल नेकपा मेचीनगर वडा नं। २ का इन्चार्ज समेत हुन ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु