भानु सहकारीको १९ औ साधारण सभामा सम्मान

2021-01-09 मा प्रकाशित

मेचीनगर, २५ पुस । मेचीनगर १० स्थित भानु बहुमुखी सहकारी संस्था धुलावारीको १९ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारण सभाको अवसरमा समाजसेवी प्रेमप्रकाश फलाहारीसहित संस्थामा आवद्ध ११ जना उत्कृष्ट सदस्य सम्मानित भएका छन् ।
मेची उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न साधारणसभामा उत्कृष्ट सामाजिक व्यक्तित्वको रुपमा त्रिफला राष्ट्रिय पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।फलाहारीलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।
यसैगरी, संस्थामा उत्कृष्ट कारोवार गर्नेहरु मध्येबाट ज्येष्ठ नागरिक लक्षिमा पाण्डे र अलता राजबंशी, सक्रिय सदस्य होमनाथ न्यौपाने, उत्कृष्ट बचतकर्ताहरु रेनुका राजबंशी, मञ्जुश्री मेचे र निरेन राजबंशी, उत्कृष्ट कर्जा कारोवार गर्नेहरु शुष्मा दाहाल, अमरुल मिया र कमला खतिवडालाई सम्मानित गरिएको छ ।

सहकारीका अध्यक्ष गोपाल चुडालको अध्यक्षतामा भएको साधारणसभा उद्घाटन कार्यक्रममा प्रमसख अतिथि जिल्ला सहकारी संघ झापाका सदस्य दुर्गा सापकोटा, विशेष अतिथि त्रिफला पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारी, इस्ट होराइजन माविका प्रिन्सिपल सञ्जीव राई, पूर्वीद्वार साकोसका पूर्व अध्यक्ष चेतन बिष्ट, जनप्रिय साकोसका उपाध्यक्ष पशुपति नेपाल, मेचीनगर नगरपालिकाका योजना शाखा प्रमुख इन्जिनियर कमल कोइराला, संस्थाका सल्लाहकार सुशिल आचार्य, सल्लाहकार भोजराज कोइराला, सल्लाहकार लिला पाण्डेले शुभकामना व्यक्त गरेका थिए ।
संस्थाकी सचिव लक्ष्मी राई र व्यवस्थापक चन्दा सिटौलाले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष शंकर श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु