संघको १७ औ वार्षिक साधारण सभामा पत्रकार चौलागाई र डा.त्रिपाठी सम्मानित

2021-02-09 मा प्रकाशित

मेचीनगर, २७ माघ । मेची उद्योग वाणिज्य संघको १७ औ वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । संघको सभाहलमा आयोजित साधारण सभामा पत्रकार मनिषा चम्लागाई र मेची आम्दा अस्पतालका डा. पोषणरमण त्रिपाठीलाई सम्मान गरिएकोछ । चम्लागाई कारोवार दैनिककी झापा समाचारदाता हुन । उनलाई मेची उद्योग वाणिज्य संघद्वारा स्थापना गरिएको आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो ।पुरस्कारको नगद राशी १५ हजार रुपैयाँ रहेको छ । दोसल्ला पहिर्याएर उनलाई सम्मान पत्र प्रदान गरिएको छ ।आर्थिक पत्रकारिताको माध्यमबाट पुर्याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको संघका अध्यक्ष ऋषिराज तिम्सिनाले बताए ।यसैगरी, संघले कोभिड महामारीका बेला विरामीको निरन्तर सेवा पुर्याए वापत मेची आम्दा अस्पताल धुलावारीका मेडिकल डाइरेक्टर डा। पोषणरमण त्रिपाठीलाई सम्मान गरेको छ । दोसल्ला ओढाएर डा। त्रिपाठीलाई कदरपत्र प्रदान गरिएको थियो ।दुबै सम्मानित प्रतिभालाई कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु