मेची आवाजले नाम अनुसारको काम गर्न सकोस

2021-05-07 मा प्रकाशित

मेची आवाज साप्ताहिक प्रकाशनको छैठौं वर्ष प्रवेश गरेको छ । झापाको मेचीनगर –६ मा मुख्य कार्यालय रही सम्पादक प्रकाशक डम्मरु बरालबाट प्रकाशन हुँदै आएको मेची आवाज साप्ताहिक पत्रिका बैशाख १९ गतेदेखि पाचौं वर्ष पूरा गरी छैठौं बर्षमा प्रवेश गरेको हो । मोफसलमा पत्रकारिता गर्नु र सञ्चार माध्यम सञ्चालन गर्नु आफैंमा चुनौति पूर्ण भए पनि यो कठिन परिस्थितिमा अनेक आरोह अवरोह पार गदैं मोफसलको सञ्चार माध्यमले सहजरुपमा छैठौं वर्षमा प्रवेश गर्नुले पनि पत्रकारहरुका लागि यो भन्दा गौरवको विषय अरु केही नै हुन सक्दैंन् ।

नेपाली पत्रकारिता क्षेत्र चौतर्फी अभाव र चुनौतिलाई सामना गर्दै व्यवसायिक सफलताका लागि अगाडि बढिरहेका बेला झापाको मेचीनगर–६ मा मुख्य कार्यालय रहेको मेची आवाज साप्ताहिक छैठौं वर्षमा प्रवेश गरेको जानकारी पाउँदा प्रेस क्लब मेचीनगरलाई खुशी लागेको छ । पत्रिका प्रकाशन गर्नु ठूलो कुरा होइन, सही, यथार्थ र तथ्यपरक समाचार सम्प्रेषणले मात्र ठूलो महत्व राख्दछ भन्ने हाम्रो बुझाई हो ।

मोफसलमा दैनिक वा साप्ताहिक पत्रिका सञ्चालन गर्नु निक्कै चुनौतिपूर्ण काम हो । तर,मेची आवाज साप्ताहिक पत्रिकाले यो चुनौति सहजै पार गर्दै छैठौं वर्षको यात्रा तय गरेको छ । उस्को मुख्यः श्लोग्न ‘जन जनको आवाज’ लाई सार्थक बनाउदैं हरेक गाउँ गाउँका खवरलाई समेटेर जन जनमाझ पुर्याउदैं आएको छ । प्रविधिको विकाससंगै सञ्चार माध्यममा आएको प्रगतिले जनताका हक र अधिकार स्थापित गर्न सहज भएको छ । यसमा पनि मेची अवाज साप्ताहिक पत्रिका अग्रमोर्चामा छ । प्रविधिको विकाससँगै ःभअजष्ब्बधबव।अयm नामक अनलाइन पोर्टलमार्फत विश्वभरका पाठकमाझ आफ्नो पहुँच कायम गर्न सफल भएको छ । यसका लागि म यस पत्रिकालाई धन्यवाद व्यक्त गर्न चाहान्छु ।

पत्रकारितालाई समाजको ऐनाको रुपमा चित्रण गरिएको र यसले समाजको वास्तविकतालाई उजागर गर्दै समाज परिर्वतनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरालाई कसैले पनि भुल्न हुंदैंन । समाज विकास र समृद्धिको अभियान पूरा गर्न राज्यको चौथो अंगका रुपमा लिइने सञ्चार जगतको भूमिका अझ महत्वपूर्ण हुने हुदाँ यसमा मेची आवाज साप्ताहिक पत्रिकाले एउटा इँटा थप्ने काम गरेको छ । यस पत्रिकाले आगामी दिनमा पनि स्वतन्त्र, निष्पक्ष र निर्भिक ढंगबाट सूचना सम्प्रेषणमा सकारात्कम र रचनात्मक भूमिका निर्वाह गर्ने विश्वास प्रेस क्लब मेचीनगरले लिएको छ ।

आगामी दिनमा समेत आम पाठकमाझ तथ्यपरक सूचना, ज्ञान र मनोरञ्जन तथा देशको आर्थिक र सामाजिक विकासलाई समेत महत्वपूर्ण स्थान दिने अपेक्षा सहितपत्रकारिताको आधारभूत सिद्धान्त एवम् पत्रकारआचार संहिताको मूल मर्म बमोजिम सत्यतथ्य, वस्तुनिष्ठ, सन्तुलित, खोजमुलक समाचार सामाग्री सम्प्रेषण गरी राष्ट्र र समाजलाई गतिशील बनाउँदै लैजाने कार्यमा थप सफलता प्राप्त होस् । साथै यस पत्रिकाले मुलुकको समग्र राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा अझ सशक्त ढंगले आफूलाई उभ्याउन सफल होस । पत्रकारिताको मूल्य मान्यता र सिद्धान्तलाई अंगीकार गर्दै भयरहित र निष्पक्ष रुपले समाजलाई सूचनाहरुको सम्प्रेषण गर्न पूर्वाञ्चल दैनिक अझ बढी जिम्वेवार हुने छ भन्ने कुरामा प्रेस क्लब मेचीनगरले विश्वास लिएको छ ।

२०६३ सालबाट आफ्नो प्रकाशनको यात्रा शुरु गरेको मेची आवाज साप्ताहिक पत्रिका छैठौं वर्षमा प्रवेश गरेको यस खुशीका अवसरमा पत्रिकासंग आवद्ध प्रकाशक, सम्पादकीय टिम, कर्मचारी तथा सम्पूर्ण पाठक वर्गहरुलाई हार्दिक शुभकामना र पत्रिकाको सफलता र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।

लक्ष्मी उप्रेती

अध्यक्ष प्रेस क्लब मेचीनगर

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु